सडक अबरुद्ध पछि ढुवानिमा खच्चरको मालामाल

7
SHARES
15
VIEWS

कालीकोट । बाढिपहिरोका कारण सडक अबरुद्ध भएपछि ढुवानिको प्रमुख मानिएको यातायातका साधन थन्किदा महंगो रकम तिर्दै खच्चर मार्फत समान बोक्न शुरु भएको छ । सडक संचालनमा आएपछि कमै देखिन खच्चरहरु अहिले कर्नालि करिडोरको लालिघाट देखि पलांता सम्म समान ढुवानिका लागि लर्काे लाग्ने गरेका छन ।

सयौं खच्चरहरुले स्थानिय जितेबजार देखि शान्तिघाट,सान्नित्रिवेणिको मेहलमुडि,पचालझरना र पलांतामा दैनिक उपभोग्य समान ढुवानि गर्ने गरिएको छ । समान ढुवानि गर्दा जितेबजार देखि शान्तिघाट सम्म मालबहाक ट्रकमा प्रति किलो ३ देखि ५ रुपैया पर्ने भएपनि खच्चर मार्फत प्रति केजि २० रुपैया तिर्नु परेको व्यवसायिहरुले बताएका छन । त्यति मात्र नभई जिल्लाको दुर्गम मानिएको पलांतामा खाद्यन्न लगाएतका समान बोक्नका लागि प्रति केजि ४५ रुपैया तिर्नु पर्ने बाध्यता आएको बताइएको छ ।

स्थानिय व्यवसायिहरुले १ हजार ६ सयमा विक्रि गर्ने मोटो चामलको ढुवानि महंगो भएका कारण देखाउदै प्रति बोरा २ हजार २ सय मा विक्रि गर्ने गरिएको छ । स्थानिय व्यापारी लग धामीले आफुहरुले दुई स्थानमा स्टोर व्यवस्थापन गर्ने र खच्चरबाट ढुवानि गर्दा महंगोमा विक्रि गर्नु परेको बताए । उनले भने रंगिल देखि शान्तिघाट सम्मको सडक सुचारु गर्नका लागि आवश्यक पर्ने रकम उठाउन तयार रहेको भएपनि जिम्मेवार पक्षले सुनुवाइ नगरेको बताए । कर्नालि करिडोरमा पर्ने जिते घाटाचौर सडक हुंदै सान्नित्रिवेणि तथा रास्कोटका स्थानियले चर्काे मुल्य तिरेर दैनिक उपभोग्य तथा अन्य समानहरु किन्नु परेको बताउदै आएका छन ।

खच्चरको प्रयोग पहिले सडक सुचारु भएको स्थान देखि ग्रामिण क्षेत्रमा हुने गरिएको भएपनि सडक अबरुद्ध हुंदा खच्चरको माग बढेको तर समान लिन भ्याइ न भ्याइ भएको बताउदै खच्चर व्यवसायि संक शाही । उनले भने अहिले खच्चर जति भएपनि काम पाउने गरेको बताउदै पहिले सातामा एक दुई दिन मात्र काम पाउने गरेको थियौं । कर्नालिका विभिन्न ठाउँमा समान ढुवानिका लागि विगत तिन वर्ष अघि व्यापक मात्रामा खच्चरहरुको प्रयोग गर्ने गरिएको थियो ।

कर्नालि करिडोरको रंगिल देखि शान्तिघाट र मेहलमुडी सम्म सडक अबरुद्ध भएपनि रास्कोट नगरपालिकाको १८ किलोमिटर सडक र पचालझरना र पलांता गाउँ पालिकामा पर्ने ११ किलोमिटर अबरुद्ध सडक आफुहरुले लगानि गरेर भएपनि सुचारु गरिसकेका छन ।सो ठाउँमा मालबाहक ट्रक तथा ट्याक्टरहरु संचालन नहुंदा कठिनाई आएको बताइएको छ ।
समान ढुवानिका लागि यातायातका साधन मार्फत लोड तथा अनलोडमा मानविय शक्ति प्रयोग गर्नु पर्ने भएकाले खच्चर मार्फत समान लक्षित ठाउँ सम्म पुगाउने गरिएको छ ।

सडक सुचारु गर्नका लागि रास्कोट नगरपालिका,पचालझरना र पलांता गाउँ पालिकाले पहल गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित