कालीकोटको पचालझरनामा भाद्र २० गते देखि पढाइ संचालन हुने

7
SHARES
15
VIEWS

कालीकोट । कोभिड १९का कारण फैलिएको कोरोना भाइरस महामारीले गर्दा पठन पाठन ठप्प भएको बेला पचालझरना गाउँ पालिकाले भाद्र २० गते देखि पठन पाठन शुरु  गर्ने भएको छ ।

पचालझरना गाउँ शिक्षा शाखाको समन्वयमा भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानध्यापकको उपस्थितिमा बैठक बसि पठन पाठन गर्ने निष्कर्षमा पुगेको बताइएको छ । पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालका अनुसार भाद्र २० गते सम्म आधारभुत विद्यालयमा टोल स्तरमा पठन पाठनका लागि पाठ्यपुस्तक वितरण देखि अन्य तयारी गर्ने बताइएको छ । वहाँका अनुसार जिल्ला बाहिर रहेका शिक्षकहरुलाई विद्यालय फर्कन आग्रह गर्ने र जिल्ला बाहिर बाट आउने शिक्षकलाई क्वारेन्टाइनमा राखेर जिल्ला भित्रका शिक्षकहरुलाई पठन पाठनको लागि शुरुवात गर्ने बताउदै पठन पाठनका लागि कालीकोटका प्रमुख जिल्ला अधिकारी र जिल्ला शिक्षा समन्वय इकाइमा जिल्लामा पठन पाठनका लागि वातावरण बनाउन समेत आग्रह गरिएको बताउनु भएको छ ।

पचालझरना गाउँ पालिकामा रहेका ८ वटा मावि र १८ वटा आधारभुत विद्यालयहरुमा टोल स्तर देखि आधारभुत विद्यालयमा समेत पठन पाठनको शुरुवात गरिने बताउनु भएको छ । पचालझरना गाउँ पालिकामा रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रअहरुले पठन पाठनका लागि शुरुवात गर्नु पर्नेमा सुझाव दिएको र सोही अनुसार अघि बढ्ने तयारी गरेको बताउनु भएको छ ।

पचालझरना गाउँ पालिका अध्यक्ष सेजुवालले कोरोनाका कारण विद्यार्थिको जिवनमा ठुलो असर परेकाले उनिहरुको भविष्यका लागि सबै सरोकारवाला निकायलाई अनुरोध गर्दै आजका मिति सम्म कोरोनाले पचालझरनामा असर नगरेको र आगिमी दिनमा उच्च सर्तकता अपनाउनु पर्नेमा जोड दिनु भएको छ ।

अन्तरक्रिया कार्यक्रममा गा.पा. उपाध्यक्ष तारा न्यौपाने,शिक्षक महासंघ कालीकोटका अध्यक्ष पंख बहादुर शाही,शिक्षा विभाग प्रमुख,शिक्षा शाखा प्रमुख,वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित