कालीकोट । जिल्लामा पछिल्लो समय कोरोना संक्रमणको संख्या बढेपछि लागु गरिएको निशेधाज्ञ आइतवार देखि खुला भएको छ । निशेधाज्ञ खुला भएपछि कालीकोट मान्म बजारमा चहलपहल शुरु भएको छ । भाद्र ५ देखि १३ गते सम्म निशेधाज्ञ शुरु भएपछि बजारमा आवत जावत देखि व्यापार व्यवसाय तथा अन्य गतिविधिहरु ठप्प भएका थिए ।
लुकि छिपि व्यवासय शुरु गर्ने र प्रहरीले बन्द गराउनुका साथै आवत जावतमा रोकावट गर्न ज्यादै कठिन भएको थियो । सदरमुकाम लगाएतका जिल्लाका अन्य स्थानिय तहमा निशेधाज्ञ खुला गरिएको भएपनि तिलागुफा नगरपालिकाको नाग्म लगाएतका वस्तिहरुमा भने भाद्र २० गते सम्म निशेधाज्ञ कायम राखिएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ ।
यस अघि नाग्म बजारमा ५ जनामा कोरोना पुष्टि भएको थियो ।
Discussion about this post