खेलाडी चन्द्रकलालाई न्याय दिलाउन दलित संघसंस्था आन्दोलित

7
SHARES
15
VIEWS

काठमाडौं ।  राष्ट्रिय खेलकूदमा एथ्लेटिक्सकी स्वर्ण पदक विजेता चन्द्रकला र उहाँका पति सुमन खातीलाई यही भदौ ८ गते सोमबार राति ८ः०० बजेतिर आफ्नै घरमा खाना खाइरहेका बेला छिमेकी दुर्गा श्रेष्ठ र विष्णुमाया श्रेष्ठले निर्घात कुटपिट गरे पछि आन्दोलित भएका छन्। एथ्लेटिक्सकी राष्ट्रिय कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेलाई कुटपिट र जातीय विभेद गर्ने दोषीमाथि कानूनी कारवाहीको माग गर्दै  संयुक्त दलित राजनीतिक सङ्घर्ष समितिले शनिबार मेचीनगरमा पत्रकार सम्मेलन गरी पीडितलाई न्याय र पीडकलाई सजाय दिलाएरै छाड्ने प्रतिबद्धता जनाएको छ।

सात महिनाकी गर्भवती चन्द्रकलालाई कुटपिटमा संलग्नले जातीय विभेद गर्दै तथानाम गालीगलौज समेत गरेका थिए।

संयुक्त दलित राजनीतिक सङ्घर्ष समितिका जिल्ला अध्यक्ष हुकुमसिंह नेपालीले जातीय विभेद र कुटपिटको घटनामा संलग्न दोषीमाथि हदैसम्मको कानूनी कारवाही र पीडितलाई उचित क्षतिपूर्तिको समेत माग गरे। मेचीनगर दलित समन्वय समितिका अध्यक्ष ध्रुव कनालले पीडित पक्षलाई मिलापत्र गर्न दबाब दिइएकामा आपत्ति प्रकट गर्दै छुवाछूतमुक्त घोषणा गरिएको मेचीनगरमा यस्तो घटना हुनु दुःखद् भएको उल्लेख गरे।

उनले चन्द्रकला मुलुककै गहना बनिसकेको व्यक्ति भएको उल्लेख गर्दै दोषीमाथि जातीय भेदभाव तथा छुवाछूत कसुर सजाय ऐन २०६८ र नेपालको संविधान २०७२ बमोजिम कडा कानूनी कारवाही हुनुपर्ने बताए।

हस्पिटलका चिकित्सकले गर्भमा रहेको शिशुलाई सिजरिङ गरेर जन्माउनुपर्ने सुझाव दिएको उनले बताए। उनले कुटपिटका कारण गर्भमा रहेको शिशुको स्वास्थ्य बारेमा आफूलाई बढी चिन्ता लागेको बताए। धुलावारी इलाका प्रहरी कार्यालयमा चन्द्रकलाका पति सुमनले जातीय भेदभावको कसुर भएको भएको भन्दै पीडकविरुद्ध किटानी जाहेरी दिएका थिए। जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने म्याद थप गरी हाल घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित