नेपालको अग्लो पचालझरनाको वास्तविक रहस्य खुल्यो

7
SHARES
15
VIEWS

हालको कर्नालि प्रदेशमा द्धापर युगमा देवताहरुको वासस्थान थियो । जसमा १२ भाइ मष्टो देवता ९ बहिनि दुर्गा भुवानिको निकै एक छत्र राज थियो र हाल सम्म पनि मानिराखेको अवस्था छ । सोही समयमा यि देवताहरुको शिकार खेल्न त्यसै ठाउँमा जान्थेरे । चारे तिर बाटा(नाका)हरु बन्द गर्ने र मृग भिरबाट लखेटी मार्ने काम चलि रहन्थ्यो तर पछि पचालो मष्टो भएको ठाउँबाट मृग भाग्न थाले त्यो क्रम निरन्तर चली रह्यो कारण के रहेछ भनी नियाल्दा त्यो छहरा भित्र राक्षसको बास थियो । त्यसै भित्रकी एक भुतिनि संग प्रेम सम्बन्ध रहेको पाइयो ।

देवरबलक ले राक्षस संग सम्बन्ध राखेकोमा आपत्ति जनाउदै अरु देवता आ आफ्नो बासस्थानमा तिर लागे । तर पचालो मष्टोलाई त्यसै ठाउँमा बस्न बाध्य गराए ।पछि ति भुतिनिबाट लुवासुरी जन्मियो त्यसलाई लेकमा बस्ने माइलो पालिन भन्ने किवदन्ति रहि आएको छ । भुतिनीको बास भएकाले त्यसलाई भुतिनि छहरो पनि भन्ने गर्छन । तर त्यहाँका स्थानिय बासिले पचालो देवताको बास स्थान त्यो छहरा नजिकै भएकाले पचालो छहरो वा पचलछहडो भन्दै आइरहेका छन । त्यहि इतिहांसलाई केलाउदा पचाल छहडोबाट पचालझरनामा भन्ने गरिएको हो ।
माथि पुग र चुलि लेकबाट आएको पानि धुल छहरा र चुलिबाट आएको पानि पचालझरना भएर त्यहि नजिकै रहेको लाफागाड भएर कर्नालि नदिमा मिसिन्छ । हरियालि डांडाकांडा,अनगिन्ति मृगहरु माथिल्लो पाटन क्षेत्र,अमुल्य नडिबुटिहरु भएको ठाउँ जहां सांच्चै मनमोहकको रुपमा लिन सकिन्छ । हिंउदमा डौटो आढेको दुलहि झै देखिने हिम श्रृंखला भित्रको बरफ र त्यसलाई सितमा परिणत गर्ने मन्द घामको मजा बेग्लै रहने गरेको छ । बरफ झर्दा आकाशबाट गर्जन आए झै हुने, वर्षामा रुखका मुडा बगाउदा पनि सोही आवाज आउने,थोरै वर्षा हुंदा बरर पानि पर्ने,पचालझरनामा बग्ने पानिको छहराको फोहराको वर्णन जति गरेपनि कमै हुन्छ । यति रमणिय स्थान भएर पनि असहज यात्रा,प्रविधिको अभावले प्रचार प्रसारको कमि र जनसरोकारको अभावमा पचालझरना ओझेलमा परेको थियो ।

यसको विकास, विस्तार र प्रचार प्रसारमा कसरी,कहांँ बाट शुरु भयो भन्ने कुरा राजनितिज्ञहरुले जसरी इतिहांसलाई बंग्याएपनि पचालझरनाको यस्तो छ वास्तविक शुरुवातको चरण ।


देशमा २०५२ साल पछिको गृहयुद्ध(जनयुद्ध) चलिरहेको समयमा सरकारी पक्ष र विद्रोही पक्ष विच शान्तिको निम्ति दांग जिल्ला को सुन्धाराको हापुरेमा वार्ता चलिरहेको थियो ।उक्त युद्धविरामको फाइदा उठाउदै विद्रोही पक्षले खार्दूको डुग्रिको कुलाबाट विजुलि उत्पादन गरी हात हतियार निर्माण गर्न कारखाना खोल्ने योजना बने छ ।सो योजनाका लागि दांगबाट २ जना प्राविधिक झिकाइ सर्बे गराए । त्यहां सम्म सम्भव नभएपछि ति झरना सम्म हेर्न गए ।झरना हेर्दा उनि २ जना निकै मोहित भएछन र तत्काल सुर्खेत झरेर उनिहरुले पत्रकार सम्मेलन गरी राज्यले झरनाका बारेमा केकही गर्नु पर्छ दांग तिर लागेछन । मिडियामा पुगाउने पहिलो दायित्व यि दुइ जना इन्जिनियरलाई लिनु पर्छ ।


त्यसै समयमा वर्षे विदाको समय थियो सुर्खेत झरे त्यहां मेरो भाई पढ्ने र पत्रकारिता गर्दै थिए । जुन भाइ कलेन्द्र सेजुवाल पनि पत्रकार सम्मेलनमा रहेछ । अरु भन्दा उसलाई आफ्नो ठाउँ भएकाले विशेष चासो भएछ । त्यो बेला फोटा खिच्न क्यामरा पाउन कठिन थियो । तर पनि हामी दाजुभाई झरनाको विकास प्रचार प्रसार गर्न लाग्यौं । युद्ध विराम भंग भयो देशमा संकटकाल लाग्यो एक गाउँ बाट अर्काे गाउँ जान पनि पास(सिफारिस) चाहिने भयो । हरेक नेपालिलाई आफु कसरी बांच्ने भन्ने चिन्ता थियो त्यो समयमा पनि पत्रकार भएकाले उस्ले रेडियो नेपाल क्षत्रिय प्रशारसण सुर्खेत भेरी एफएम लगाएत विविसिमा पनि समाचार प्रशारण गराई रह्यो । पत्रपत्रिकाहरुमा आफुले काम गर्ने स्पेश टाइम दैनिक र कांक्रेविहारु दैनिक नागरिक दैनिक,बुलबुले र विहानस साप्ताहिकका साथै कालीकोटबाट प्रकाशित अभिभारा साप्ताहिकमा पहिलो पेजहरुमा आइरहन्थे । विविसिका नेत्र केसि,रेडियो नेपालको सुरेन्द्रमणि त्रिपाठि,अभिभाराका नारायाण गिरी र सुर्खेतका स्थानिय पत्रपत्रिकाका साथै संचार माध्यमहरुले ठुलो गुन लगाए ।यसरी मिडियाहरुले पहिलो चरणको संकटकालमा नेपालि मरेको र मारेका भन्दा पनि पचालझरनाले स्थान पायो ।त्यहि वर्ष विदाको समयमा भाइहरु संगको सल्लाह बमोजिम म छिटै कालीकोट आइपुगे ।


केही जानकार(अजय गिरी,भिम बराल,तप्त आचार्य…..)हरु संग सल्लाह लिइ बैधानिक कार्य गर्न तिर लागियो । २०५७ साल अषाढमा पहिलो चरण झरना नाप्ने समय आयो । त्यसको लागि आधिकारिक (सरकारी)निकाय चाहिने भयो । त्यसैले गाविस सचिव(नरेन्द्र देवकोटा) बाट सिफारिस लिइ जिविसमा गएको थिए । जिविसका निमित्ति स्थानिय विकास अधिकारी पदम बहादुर शाहीले एक सेट क्यामरा र फिता दिइ प्राविधिक सहायक काली बहादुर बमलाई झरना नाप्न खटाउनु भयो । जिमजेडी, सिकुको उकालो देखि भौनेको बाटो हुंदै खार्दु पुग्दा स्थानिय गाउँलेहरु सबै लेकमा थिए केही युवाहरु (मानबहादुर बस्नेत,नौल ऐडी,तुलराज कठायत,खिम ऐडी र धर्म ऐडी)सहित आल्लोको डोरी लिइ नाप्ने गयौं । तर सम्भव भएन । आल्लोको डल्लो माथिबाट फाल्दा हरायो ।तुलराज कठायतको खुट्टामा चोट लाग्यो ।पछि मंसिरमा पानि कम भएको समयमा फेरी नाप्न गयौं । त्यो पनि सम्भव भएन । उपकरण केही समय केही नहुन र दुबै तिर कडा चट्टान छ । पानिको आवाज र धुंवा निस्किरहन्छ ।आखिर अनुमानित उचाई(४८३मिटर) राखेर विधान बनाउने काम तिर लागियो । त्यसैले अघिल्लो मिडियाहरुमा ४८३ मिटर उचाइ रहेको पाइन्छ । झरनाको उचाई नापि जिल्ला परिषदबाट पास गरी पर्यटन बोडमा दर्ता गराई तेह्थुमको ह्याथुंग झरना(३६५मि.) भन्दा अग्लो भनेर सामान्य ज्ञामा ल्याउन र प्रचार प्रसार गरी पर्यटकिय क्षेत्र बनाउन मुख्य लक्ष्य रहेको भएपनि देशमा द्धन्दका कारण गाउँ र सदरमुकामको दुरी बढ्नु नागरिक्ता उपलब्ध गर्न नसक्नु र जिल्ला सदरमुकाम केन्द्रि नहुनुले पचालझरना संरक्षणको लागि विधान बनाई पचालझरना संरक्षण समिति पनि तयार गरियो ।


जुन हर्ष बहादुर बम अध्यक्ष रहेको नौ सदस्य समिति र म आफै संरक्षक रहेको थियो ।
उक्त संरक्षण समितिको विधानमा सहयोग गर्ने जिल्ला अदालतका टाइपिष्ट नेत्रबहादुर शाहीले गर्नु भएको थियो भने यो समितिका केही व्यक्तिलाई थाहा पनि नहुन सक्छ । नागरिकता मागेर खोजि खोजि राख्नु परेको अवस्था थियो । सुर्खेतबाट लेटरप्याड र छाप मगाइयो । राबा बैंक खाता खोलेर यति जिल्ला प्रशासन कार्यालय कालीकोटमा विधान दर्ता गरियो । काम गर्न क्रममा भाषा,शव्द र विधानमा सहयोग गर्ने विवि सेन्टरका भिम बराल, शिक्षक अजय गिरी र जिशिकाका तप्त आचार्यले ठुलो सहयोग गर्नु भएको थियो ।
त्यसरी नै प्रचार प्रसारको काम आधिकारीक रुपमा गर्दै विकास क्रम गरेको समयमा अचानक म(जय सेजवाल) र रविन्द्र दाइ गिरप्तार भयौं । तिन दिन पछि आफुहरुलाई तत्कालिन विद्रोही पक्ष माओवादीले मान्ममा माओवादी विरोधि समिति गठन गरेको खोलेको दोहोरो पारिश्रमिक लिने गरेको आरोप रहेछ । सोही समयमा उक्त विरोधि समुहलाई पारस शाहको दल समेत भन्ने गरेर ४६ दिन सम्म राति हिडाउने र दिउसो घरभित्र राख्ने काम आफुहरुलाई गरियो त्यस पछि जिल्ला जनअदालत मेहलमुडिमा ३५ हजार रकम धरौटीमा आफुहरु रिहा भयौं ।

पुन आफुले पचालझरनाको संरक्षणका लागि काम भने गर्न नपाएपनि संरक्षण समितिका अध्यक्ष हर्ष बमले सदरमुकाम मान्ममा रहेका केही विशिष्ट व्यक्तिहरुलाई जम्मा गरी विधान बमोजिम साधारण सभा गरी तदर्थ समिति गठन गर्ने काम भएको थियो । जिल्ला विकास समिति कालीकोटबाट समेत पास भएको सुन्न पाइएको थियो । त्यस पछि विभिन्न गतिविधिहरु भएका थिए ।


अझै पचालझरानाको विकासका लागि तपसिलका कार्य जरुरी रहेको छ ।
१. झरना संरक्षणका लागि पचालझरना राष्ट्रिय निकुञ्ज स्थापना हुनु पर्ने ।छाप्रे,पांखा,दाहा, मान्म,बदालकोट सिकु,लाफा,राम्नाकोट र थिर्पुको लेकमा निकुञ्ज बनाउनु पर्छ ।
२.पचालझरना देखि थिर्पु,धौलागोह हुंदै रारा सम्म सडक विस्तार गर्नु पर्ने ।हालको ८० किमि बाटो कम पर्ने भएकाले पर्यटकहरु सो बाटो बाट पचालझरना हुंदै रारा जान सहज हुन्छ ।
३.होम स्टे घरहरु निर्माण गरी पर्यटकको स्वागत सम्मान गर्न सहज गराउन स्थानिय निकायले एकै किसिमका घर निर्माणमा सहयोग गर्नु पर्ने ।रैथाने बालिको उत्पादनका लागि संरक्षण गर्ने ।
४. सडक विस्तारको काम तिव्रता दिई जारकोट देखि धुलछहारा हुंदै पचालझरना बाट भंक भौन्या,सिकु बदालकोट देखि मान्ममा कृषि सडक जोड्नु पर्ने ।
५. जनचेतना मुलक कामहरु जस्तै सम्मान,सत्कार र स्थानिय सामाग्रिको उत्पादन र जडिबुटिको व्यस्थापन गर्ने ।


युद्ध विराम भंग भएको समयबाट शुरु गरिएको पचालझरनाको यात्रा २०६२।०६३को जनआन्दोलन सम्म भएका काम हुन । अहिले पचालझरनाका लागि धेरै काम भएका छन । स्थानिय सरकारको गठन संगै पचालझरनाको आधिकारिक नाप समेत हुनुका साथै नेपालको पर्यटन क्षेत्रका लागि ६२ गन्तव्य स्थल बनाउन सफल मात्र नभई गाउँ पालिकाको नाम समेत पचालझरना राखिएकोमा हामी सबैलाई गर्वको महसुस गराएको छ । पचालझरनाको आधिकारिक नाप जांचमा जिपिएस प्रणालिबाट हुंदा पचालझरनाको उचाई ३ सय ८१ मिटर रहेको छ ।

हाल पचालझरनामा घुम्न आउनेहरुको संख्या उल्लेखनिय रुपमा बढ्ने क्रम जारी छ । यहाँ सम्म पचालझरनाको विकासका लागि अघि बढाउने सबैलाई धन्यावाद दिन चाहान्छु । अहिले पचालझरना जानको लागि लाफा हुंदै खार्दुको गाउँ सम्म सडक पुग्ने तयारी रहेको् छ भने विचमा पर्यटकले हेर्नको लागि शहिद पार्क स्थापना गरिएको छ । पचालझरनाको फेदी अर्थात झरनाको नजिक पुग्न र्यालिंग सहितको बाटो बनाइएको छ । धन्यावाद
लेखक ज्ञानोद्धय मावि राम्नाकोटका शिक्षक हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित