पचालझरनामा सिस्नु प्रशोधन उद्योग संचालन

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको भौनेमा सिस्नु उद्योग संचालन गरिएको छ । पहिलो पटक अगुवा कृषक बर्म ऐडीको पहलमा सिस्नुको धुलो बनाउन शुरु गरिएको छ ।

धनरुप स्मृति सिस्नु प्रशोधन उद्योग नाम दिएको उक्त उद्योगमा पछिल्लो समय सिस्नु प्रशोधन गरेर धुलो उत्पादन शुरु भएको प्रो प्राइटर किरता ऐडीले बताउनु भएको छ । गाउँमा जहाँ तहि पाइने सिस्नुको कलिलो टुपा टिपेर सुकाएर धुलो बनाउन हाते मेसिनको प्रयोगबाट सिस्नुको धुलो बजारमा ल्याएको छौं । उक्त धुलोलाई गुणस्तर नियन्त्रण नाप जांचका लागि गुणस्तर नियन्त्रण मापनका लागि कार्यालयमा लिने तयारी भएको बताइएको छ ।

अहिले बजारमा प्रति केजि ७ सय देखि ९ सय मुल्यमा विक्रि हुने गरेको भएपनि उक्त उद्योगको सिस्नुको धुलो प्रति केजि ५ सयमा विक्रि गरिएको उद्योग संचालक किरता ऐडीले बताउनु भयो । पहिलो पटक हाते मेसिनले उत्पादन गर्न असहज भएकाले धेरै उत्पादन गर्न नसकिएको बताउनु भयो ।

सिस्नु सुकाउनका लागि सेलार डायर तथा प्रशोधन मेसिनको अभाव हुनुका साथै गुणस्तर नाप जांच पछि व्यापक मात्रामा लैजाने सोचमा रहेको वजार व्यवस्थापक बर्म ऐडीले बताउनु भयो । उद्योग संचालन गरेदेखि कसैको सहयोग नपाएको भएपनि उद्योगको शुरुवात गरेको वहाँको भनाई रहेको छ ।
पचालझरना गाउँ पालिकामा संचालनमा रहेका उद्योगहरुको व्यवस्थापन र कृषि वस्तु उत्पादनका लागि विशेष योजना अघि सारेको बताउदै चालु वर्षमा संचालनमा आएका उद्योगहरुलाई आवश्यक सहयोग गरिने गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले कर्नालि संचारलाई बताउनु भएको छ । वहांले भन्ने भयो कर्नालि प्रदेश सरकार र गाउँ पालिकाको कुल बजेट ६० देखि ६५ लाख हाराहारीमा रहेको छ सो रकमलाई गाउँ पालिकाका उद्योगहरुको लागि सिप विकास तालिम र उत्पादनमा लगानि गरिने बताउनु भयो ।

हाल पचालझरना गाउँ पालिकामा स्याउको जाम जेलि,जुस तथा जडिबुटि प्रशोधन गरी चिया पत्ति उत्पादन गर्नुका साथै फर्निचर लगाएतका आधा दर्जन उद्योगहरु संचालनमा आएका छन । गाउँ पालिकाले पहिलो पटक मिनरल वाटर उत्पादन गर्ने योजना अघि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित