देशभर तुइन विस्थापन नहुंदा स्थानियको ज्यानजाने क्रम रोकिएन

7
SHARES
15
VIEWS

काठमाडौं ।गएको १९ साउनमा लमजुङको दोर्दी गाउँपालिका-६, सिमगाउँकी २५ वर्षीया फूलमाया गुरुङ दोर्दी खोलामा रहेको तुइन चुँडिएर बेपत्ता भइन्। उनको अवस्था अहिलेसम्म पनि थाहा छैन। फूलमायासँगै तुइन चुँडिएर खसेका १७ वर्षीय विकास घले सामान्य घाइते भए।

चालु आर्थिक वर्ष २०७७/७८ शुरू भएयता तुइन दुर्घटनाको यो पहिलो घटना भने होइन। त्यसअघि ६ साउनमा तुइनबाट खसेर मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१, लालझाडीका ७७ वर्षीय कृष्णप्रसाद पराजुलीको मृत्यु भएको थियो। ६ साउन साँझ राप्ती र सामरी खोला दोभानमा रहेको तुइन तर्ने क्रममा उनी खसेका थिए।

तुइन दुर्घटनामा वर्षभरि कति क्षति हुन्छ भन्ने यकिन तथ्यांक प्रहरीसँग छैन। “तुइन दुर्घटनाका के कति घटना भए भन्ने यकिन तथ्यांक हुँदैन। यसलाई भवितव्य शीर्षकमा दर्ता गरिन्छ”, प्रहरी प्रवक्ता, एसएसपी कुवेर कडायतले भने, “समग्रमा भवितव्यमा मृत्यु सम्बन्धी मात्र तथ्यांक अभिलेख हुन्छ।”

केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा २५ असोज २०७२ मा दुई वर्षभित्र तुइन विस्थापन गरिसक्ने निर्णय गरेका थिए। ओली नै २०७४ फागुनदेखि दोस्रो कार्यकालमा प्रधानमन्त्री छन्। उनले दुई वर्षभित्र तुइन विस्थापन गर्ने निर्णय गरेको पनि पाँच वर्ष भइसकेको छ। तर, अझै पनि देशभर १४ वटा तुइन चलिरहेका छन्।

यथार्थ यस्तो भए पनि तुइन विस्थापन सम्बन्धी काम हेरिरहेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको सस्पेन्सन ब्रिज डिभिजनका योजना प्रमुख कुमार थापा भने देशमा तुइन बाँकी छन् भन्ने मान्न समेत तयार छैनन्। भन्छन्, “खास तुइन अब कतै पनि छैनन्, पहिचान भएकामध्ये १२९ वटा विस्थापित गरेर झोलुङ्गे पुल बनिसकेका छन्, बाँकी निर्माणाधीन अवस्थामा छन्, ती पनि सबै तुइन होइनन्।”

उनले अहिले प्रयोगमा रहेका भनिएका तुइन खासमा तुइन नै नभएको जिकिर गरे। नदी वा खोलामा पानीको बहाव नाप्न वा अन्य प्रयोजनका लागि बनाइएका ती तुइनलाई समेत मानिसले प्रयोग गर्दा दुर्घटना निम्तिने गरेको उनको दाबी छ। यद्यपि, तिनलाई पनि विस्थापन गर्ने काम हुँदैछ।

लमजुङको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले पनि १९ साउनमा फूलमाया दुर्घटनामा परेको तुइन पनि वास्तविक तुइन नभएको दाबी गरे। गुरुङले भने, “निर्माणाधीन मन्दिरको सामान ओसार्न बनाइएको तुइनबाट उनीहरूले खोला तर्न खोज्दा दुर्घटना भयो, त्यो मानिस आवतजावत गर्न बनाइएको होइन।”

नजिकमा खोला तर्ने पुल नभएकाले यस्तै तुइन प्रयोग गर्नुपर्ने बाध्यता छ। त्यहीकारण फूलमाया दुर्घटनामा परिन्। फूलमायाकी छिमेकी समेत रहेकी दोर्दी गाउँपालिका-६ की वडा सदस्य उषा गुरुङ विकास र फूलमायाले सँगै तुइन तर्न खोज्दा दुर्घटना भएको बताउँछिन्। “एक/एक जना गरेर आउजाउ त गर्थे तर, विकास भाइ र फूलमाया सँगै जान खोजेपछि दुर्घटना भयो”, वडा सदस्य गुरुङले भनिन्, “छेउतिर परेर विकास बाँचे, फूलमाया बीच खोलामै परिछन्।”

गाउँपालिका अध्यक्ष गुरुङका अनुसार, १९ साउनमा तुइन दुर्घटना भएको ठाउँ नजिक र अन्यत्र गरेर दोर्दी खोलामा तीन वटा पुल बन्दैछन्। यसका लागि रू. ५८ लाख ६५ हजार बजेट विनियोजन पनि भएको छ। तर, कोरोनाभाइरस संक्रमणको महामारी शुरू भएपछि जारी गरिएको बन्दाबन्दी र निषेधाज्ञाका कारण काम अगाडि बढ्न सकेको छैन।

कर्नालिका विभिन्न जिल्लामा भएका तुईनहरु्ले समेत ज्यान लिने गरेको छ । स्थानिय सरकारले हटाउन भने पनि बैकल्पिक मार्ग नहुंदा बाध्यतामा तुइन प्रयोग गर्नु परेको स्थानियहरुको गुनासो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित