अमेरिका बस्ने खेलाडि बाट रास्कोटका बाढिपिडितलाई सहयोग

7
SHARES
15
VIEWS

कालीकोट ।अमेरिकामा बस्दै आएका कालीकोट बासि युवा खेलाडिहरुको सहयोगमा रास्कोट नगरपालिकामा बाढिपहिरोबाट पिडित भएका ७ जनालाई राहत प्रदान गरिएको छ ।

रास्कोट नगरपालिकामा बाढिपिडित ७ जनालाई ९ हजारका दरले ६३ हजार राहत प्रदान गरिएको हो । राहत प्रदान गर्दै रास्कोट नगरपालिका उप प्रमुख मिमसरा बम शाहीले आफ्नो जन्मभुमिको पिडालाई सम्झि अमेरिकामा बस्दै आएका रास्कोटका युवा खेलाडि खेमराज शाहीको पहलमा जम्मा भएको रकम बाढिपिडितलाई सहयोग गरिएकोमा धन्यावाद दिनु भएको छ ।

अमेरिकामा रहेका नेपालि खेलाडिहरुले गठन गरेको सुदुर तथा मध्य पश्चिम भलिबल समाज टक्सासले उक्त सहयोग गरेको रास्केट नगरपालिका वडा न. ५का गणेश शाहीले बताएका छन ।

सहयोग पाउनेमा रास्कोट नगरपालिकाका सुनिता शाही,जय बहादुर शाही,कौशा शाही,नविन शाही,संगिता शाही,केश्पुरा शाही र घन्ति भण्डारी रहेको बताइएको छ । यस अघि बाढिपिडितलाई रास्कोट नगरपालिकामा कर्नालि प्रदेश सरकार,नगरपालिका र गैरसरकारी संस्थाहरुबाट सहयोग गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित