जिल्ला भर मेला पर्व हुंदा कोरोनाको भयावह अवस्था (फोटो फिचर)

7
SHARES
15
VIEWS

कालीकोट । कोरोना संक्रमणको अवस्था दिनानु दिन बढ्न थाले पछि उच्च सतर्कता अपनाउनु भन्दा वेवास्ता हुन थालेपछि जिल्लामा कोभिड १९ले भयावह रुप लिन थालेको छ ।

पछिल्लो समय जिल्लामा स्थानिय प्रशासनले निशेधाज्ञ जारी गरेकै बेला संक्रमण बढेको छ । कालीकोट जिल्लाका विभिन्न स्थानिय तहहरुमा भिडभाड नगर्ने भने पनि धमाधम मेला पर्व हुन थालेका छन । मेला पर्वका कारण जिल्लाको तिलागुफामा एउटै वडामा २० जनामा कोरोना देखिएको छ । अहिले जिल्लाका रास्कोट,तिलागुफा र खांडाचक्र नगरपालिका, पलाता,सान्नित्रिवेणि गाउँ पालिकाका विभिन्न स्थानमा मेला हुने क्रम रोकिएको छैन ।

रास्कोट नगरपालिकाले स्थानिय मेला पर्व नगर्ने भने पनि स्थानियले वेवास्ता गर्दै रास्कोटको चर्चित मेला सिमनाथको मेला सम्पन्न गरेका छन भने पलातामा स्थानिय सरकारले समेत आग्रह गर्दा मेला पर्व भएको बताइएको छ । त्यसै गरी खांडाचक्र नगरपालिकाको ताडिमा समेत भव्य मेला भएको बताइएको छ । उता तिला गुफा नगरपालिकाको कालासिल्ला देवताको पुजापाठमा भव्य समुदायको उपस्थिति रहेको बताइएको छ ।

यसरी जिल्ला भर मेला पर्वका कारण स्थानिय प्रशासन र स्वस्थ्य कर्मिको एक्लो प्रयासले कोरोना रोकथाममा समस्या आउने जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका निमित्त व्यवस्थापक कटक महतले बताउनु भएको छ । वहाँले कोरोना रोकथाममा स्थानिय सरकार लचिलो भएको बताउदै सबैले उच्च सतर्कता अपनाउनु पर्नेमा जोड दिदै यो वेला समुदाय स्तरमा कोरोना देखिएकाले यहि वेला वेवास्ता हुनुमा दुःखको कुरा भएको बताउनु भएको छ ।

जिल्ला भर स्थानिय प्रशासनले यस अघि जारी गरेको निशेधाज्ञमा मेला चाडपर्व जस्ता कुनै पनि क्रियाकलाप गर्न नहुने भने पनि उलंघन भएकोमा समस्या थपिएको कालीकोटका प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरेले बताउनु भयो ।वहाँले भन्नु भयो जिल्लामा कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमण न्युनिकरणका लागि विशेष ध्यान दिन उचित निर्णय लिने बताउनु भएको छ ।

जिल्लाको नरहरिनाथ गाउँ पालिकाले गाउँ पालिका भित्र बाहिर आवत जावत बन्द गर्ने र मेला पर्व पूर्ण रुपले बन्द गर्दै गाउँ पालिकामा सिल गरेको नरहरिनाथ गाउँ पालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित