पचालझरनामा स्वास्थ्य आपतकालीन योजना पुनरावलोकन कार्यशाला हुँदै

7
SHARES
15
VIEWS

कालीकोट ।जिल्लाको पचालझरना गाउँ पालिकामा स्वास्थ्य आपतकालीन पुर्ब तयारी योजना समिक्षा तथा पुनरावलोकन कार्यशाला गोष्ठी शुरु भएको छ ।

पचालझरना गाउँ पालिकाले स्वास्थ्य क्षेत्रमा तय गरेका आ व २०७६/०७७ को समिक्षा र चालु वर्षको योजना कार्यन्वयन गर्न कार्यशाला गोष्ठी शुरु भएको बताइएको छ ।उक्त कार्यशाला गोष्ठीमा स्वास्थ्य आपतकालीन पुर्ब तयारी तथा पर्तिकार्य योजना २०७६को पहिलो संशोधित २०७६ मंसिर १६/१७ मा गरेको योजनालाइ भाद्र २१ आइतबारमा संशोधन गरिने बताइयको छ ।

रेडक्रस सोसाइटी कालिकोटको सहयोग तथा स्वास्थ्य तथा आधारभुत सरसफाइ शाखाको आयोजना र पचालझरना गाउँ कार्यपालिकाको समन्वयमा उक्त कार्यक्रम शुरु भएको गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले बताउनु भएको छ ।

वहाँका अनुसार बिगतको कार्यक्रमका बारेमा समिक्षा गर्दै स्वास्थ्य क्षेत्रको चालू वर्षको कार्यक्रमलाई थप प्रभावकारि बनाउन सबैले जिम्मेवार ढंगले लाग्ने बताउनु भयो । स्वास्थ्य शाखाले गाउँ पालिका भित्र विभिन्न कार्यक्रम लागू गर्ने बताएको छ ।रेडक्रसले पचालझरनामा स्वास्थ्य र सरसफाइका क्षेत्रमा काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित