ईन्टरनेट प्रयोग र किन बढ्दैन गति

7
SHARES
15
VIEWS

काठमाडौ ।सेवा प्रदायकहरूले इन्टरनेटको ‘स्पीड स्लो’ हुनुमा आफूहरूको मात्रै कमजोरी नभएको बताएका छन्। उनीहरुले विदेशबाट ल्याउने व्यान्डविथ, विभिन्न सर्भर र मोबाइल एप लगायतमा आउने समस्याका कारणले गर्दा इन्टरनेट स्लो हुन पुग्ने गरेको औंल्याएका छन्।

प्रविधि पत्रकार मञ्च (टीजेएफ)नेपालले शनिबार गरेको भर्चुअल अन्तरक्रियामा सुविसु केवल नेटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनयमोहन साउदले भारतका टाटा, एअरटेल लगायतका कम्पनीमा समस्या आउँदा, कुनै सेवा क्षमता भन्दा धेरै प्रयोग हुँदा र उपभोक्ताले प्रयोग गर्ने डिभाइसको गुणस्तरसहितका कारणले इन्टरनेट स्लो हुने सक्ने बताए।

इन्टरनेट स्लो हुने, समय समयमा ग्राहकको गुनासो आउनुलाई जायज मान्दै साउदले भने ‘‘इन्टरनेट सेवा प्रदायकहरूले चर्को प्रतिष्पर्धाका कारण आफूसँग भएको क्षमताभन्दा धेरै एमबीपीएस दिन्छु भनेका पनि हुन सक्छन्, तर धेरै समस्या हाम्रो कारणले मात्रै आएका हुँदैनन्।’’

उनी भन्छन्, ‘‘हामी त उपभोक्ता र सर्भर वा एपबीचको पुल मात्रै हौं। तीनवटा पक्षमध्ये एउटामा समस्या आयो भने इन्टरनेट स्लो हुन्छ, तर गाली हामी सेवाप्रायकलाई मात्रै आउने गर्छ।’’

साउद ग्राहकको गुनासो सम्बोधनका लागि सबै सेवा प्रदायकले काम गरिरहेको र यसमा आफूहरूको पहलले मात्रै पूर्ण समाधान नआउने बताउँछन्। भन्छन्, ‘‘कुनै बेला फेसबुक, युट्यु, टिकटक लगायतका प्लेटफर्ममै समस्या आएको हुन्छ। तर, उपभोक्ताले इन्टरनेट सेवा प्रदायकलाई नै दोषी ठान्ने गर्छन्। हामीले विदेशी एपबाट आउने समस्या समाधान गर्न सक्दैनौं।’’

भायनेट कम्युनिकेसनका प्रबन्ध निर्देशक विनय बोहरा पनि प्रयोगकर्ता बढ्दै गएको र कुनै न कुनैलार्ई केही न केही समस्या आइरहने हुँदा इन्टरनेट स्लो हुने उपभोक्ताको गुनासो कहिल्यै पनि अन्त्य नहुने बताउँछन्। बोहोरा भन्छन्, ‘‘५ लाख प्रयोगकर्ता भएको सेवाग्राहीमा ५ प्रतिशतले मात्रै गुनासो गरे भने पनि सामाजिक सञ्जाल भरिने गर्छ। एक प्रतिशत मात्रै गुनासो आयो भने पनि त्यो गुनासो सम्बोधन गर्नेभन्दा सामाजिक सञ्जालबाट गाली बढी आउने गरेको छ।”

“महामारीको बेलामा इन्टरनेटको गुणस्तर सुधारको लागि विकसित देशले व्यान्डविथ बढाउनेदेखि अन्य धेरै पहल गरेका छन्। तर, नेपालको सरकारले भने उपभोक्तालाई छुट दिने निर्देशन बाहेक अरु केही गर्न सकेन।” -आनन्दराज खनाल, दूरसञ्चार विज्ञ
बोहरा भन्छन्, ‘‘अहिले टिकटकको कारण नै इन्टरनेट स्लो भएको छ। भोलि यस्तै अर्को एप आउला। धेरै इन्टरनेट खपत गर्ने साइट आउला। त्यो बेला पनि इन्टरनेट केही स्लो हुन सक्छ। त्यसैले यसको गुनासो पूर्ण रूपमा समाधान हुन सक्दैन। हामीले कम गर्दै लैजाने प्रयास भने गरिरहेका छौं।’’

इन्टरनेटको ८० प्रतिशत खपत भिडिओमै

अहिले ८० प्रतिशत इन्टरनेट खपत भिडिओमै रहेको सेवाप्रदायकको भनाइ छ। यो बढ्दो क्रममा रहेकाले आउँदा दिनमा कसरी गुणस्तरीय इन्टरनेट दिने भन्ने विषय चुनौतीपूर्ण रहेको भायनेटका प्रवन्ध निर्देशक बोहराको भनाइ छ।

‘‘हामीकहाँ इन्टरनेटको खपत धेरै बढेपनि त्यसलाई व्यवस्थापन गर्ने पूर्वाधार र उपकरण छैनन्, व्यान्डविथ पनि विदेशबाट ल्याउनुपर्छ। अहिले सबैजसो सेवाप्रदायकले भारतबाटै ल्याउने गरेका छन्। बाहिरबाट ल्याउँदा नेपालको भौगोलिक विकटताले पनि समस्या पारेको हुन्छ,’’ बोहराले भने।

बोहरा ठूला प्लेटफर्मका सर्भर र एक्सचेञ्ज नेपालमा राख्न सकेमा इन्टरनेट सेवा प्रदायकलाई गरिने आलोचना केही कम हुने बताउँछन्। कहिलेकाँही प्रतिस्पर्धाको नाममा इन्टरनेट सेवा प्रदायकबीच हुने अस्वस्थ प्रतिष्पर्धाका कारण पनि ग्राहकले गुणस्तरीय इन्टरनेट नपाएको हुन सक्ने बोहराको बुझाइ छ।


कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि भएको लकडाउन र निषेधाज्ञाको कारण सर्वसाधारण घरभित्रै बसेर इन्टरनेटको प्रयोग बढाएका कारण स्पीडमा थप समस्या भएको छ। विशेषगरी टिकटक, फेसबुक र युट्युबका प्रयोगकर्ताको संख्या र चलाउने समय पनि बढेकाले इन्टरनेट पुर्‍याउन हम्मे हम्मे परेको सुविसु केवल नेटका सीईओ साउद बताउँछन्।

लकडाउनपछि सुविसु केवल नेटको मात्रै २२ देखि २५ जीबीपीएस व्यान्डविथको माग बढेको साउदको भनाइ छ। लकडाउन अघि एउटा ग्राहकको महीनाभरमा झण्डै ३०० जीबीपीएस इन्टरनेट खपत हुन्थ्यो। अहिले ६०० जीबीपीएस खपत भइरहेकाे छ।

“प्राय:जसो प्रयोगकर्ताकै कारणले पनि केही स्लो भएको हुन सक्छ। यो कुरा उहाँहरूले पनि बुझिदिँदा सेवाप्रदायकलाई समस्या समाधानमा सहज हुन्छ”, साउद भन्छन्।

‘‘इन्टरनेटको माग धान्नै नसक्ने गरी बढेको छ, हाम्रा उपकरण बिग्रिरहन्छन्। यस्तो बेलामा विदेशबाट आउने चार्टर्ड जहाजमा सामान ल्याउन समय लाग्छ। भनेको बेलामा जनशक्ति पाइँदैन। कोरोनापछि बढेको प्रयोगकर्ताका कारण हामी थप समस्यामा छौं।’’ -विनय बोहरा, प्रबन्ध निर्देशक, भायनेट
कोरोनापछि गूगल ३७ प्रतिशत, फेसबुक ४७ प्रतिशत र टिकटकको प्रयोग ७५ प्रतिशतभन्दा धेरैले बढेको सेवाप्रदायक बताउँछन्। मनोरञ्जनको लागि चलाइने एप वा सर्भरले एचडी तथा उच्च क्षमतामा चलाउँदा इन्टरनेट स्लो हुने भएकाले सकभर त्यसो नगरिदिन उनीहरूको अनुरोध छ।

भायनेटका प्रबन्ध निर्देशक बोहराले कोरोनापछि इन्टरनेट सेवा प्रदायकहरूलाई झनै ठूलो समस्या परेको बताए। ‘‘इन्टरनेटको माग धान्नै नसक्ने गरी बढेको छ, हाम्रा उपकरण बिग्रिरहन्छन्। यस्तो बेलामा विदेशबाट आउने चार्टर्ड जहाजमा सामान ल्याउन समय लाग्छ। भनेको बेलामा जनशक्ति पाइँदैन। कोरोनापछि बढेको प्रयोगकर्ताका कारण हामी थप समस्यामा छौं,’’ बोहराले भने।

दूरसञ्चार विज्ञ आनन्दराज खनालले देशमा भइरहेको अनेक अभावकाबीच इन्टरनेट सेवा प्रदायकहरूले दिएको सेवामा सन्तुष्ट हुनुपर्ने बताउँछन्। महामारीको बेलामा इन्टरनेटको गुणस्तर सुधारको लागि विकसित देशले व्यान्डविथ बढाउनेदेखि अन्य धेरै पहल गरेको, तर नेपाल सरकारले भने उपभोक्तालाई छुट दिने निर्देशन बाहेक अरु केही नगरेको उनको टिप्पणी छ।

‘‘इन्टरनेटको गुणस्तर सेवा प्रदायकको हातमा मात्रै छैन। इन्टरनेट आफैंमा एउटा ठूलो प्रणाली हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित