कालीकोट । सहकारी क्षेत्रमा आफ्नो छुट्टै पहिचान राखेको कालीकोटको सबै भन्दा ठुलो तथा व्यावसायिक सस्था हिमचुली कृषि सहकारी सस्थाको १२ औं स्थापना दिवस बिबिध कार्यक्रम सहित मनाइएको छ ।
जिल्लाका विभिन्न स्थानीय तहमा रहेका सेवा कार्यलय र मुख्य कार्यलय मान्ममा कोरोनाका कारण भेला नभई कार्यक्रम गरिएको सस्थाले जनाएको छ ।
स्थापना दिवसका अवसरमा जिल्ला अस्पताल कालीकोटको पोस्टमार्टम स्थलमा सरसफाइमा प्रयोग गर्ने पानी ट्यान्की सहितको धारा जडान गर्नुका साथै बिरामिलाइ फलफुल बितरण गरि मनाइएको सस्थाका मुख्य ब्यबस्थापक जगेन्द्र आचार्यले बताउनु भएको छ ।
वहाँका अनुसार सस्थाका अध्यक्ष काली बहादुर महतारा लगायतका पदाधिकारीहरुको उपस्थितिमा कार्यक्रम गरिको सेवा कार्यलयहरुमा पहिलो आउने सेवाग्राहिलाई सम्मान र साझ सबै सेवा कार्यलयमा दिपावली मनाउने कार्यक्रम रहेको छ ।
कालीकोट जिल्लाको बद्रीगाउँ मा आजकै दिनमा रास्कोट नगरपालिका हालका मेयर काशीचन्द्र बरालको नेतृत्वमा २५ जना मानिस मिलेर हिमचुली कृषि सहकारीको स्थापना भयको हो ।
हाल यस सहकारीको १३ हजार हाराहारीमा सदस्य रहेका छ्न भने बित्तिय क्षेत्रमा जिल्लाका दुरदराजका समुदायजरुलाइ सेवा दिदै आएको सस्थाका अध्यक्ष कालिबहादुर महताराले बताउनु भयो ।
यस सहकारी सस्थाले जिल्लाका ८ वटा स्थानीय तहमा ९ वटा सेवा कार्यलय स्थापना गरि कृषि उत्पादनका लागि २२ करोड लगानी गर्नुका साथै सदस्यहरुको हितका लागि सुपथमुल्य पसल,सदस्यको बिमा गाउँ घर उज्यालो कार्यक्रम,बचत ऋण,तालिम शिक्षा लगायतका कार्यक्रम गर्दै आएको बताइएको छ ।
गत वर्ष यस सहकारीले कारागारका कैदिहरु र अस्पतालका बिरामीलाई भेटेर ११ स्थापना दिवस मनाएको थियो ।
Discussion about this post