हिमचुलि सहकारीको स्थापना दिवस विविध कार्यक्रम गरी मनाइयो(फोटो फिचर)

7
SHARES
15
VIEWS

कालीकोट । हिमचुलि कृषि सहकारीको १२ स्थापना दिवस जिल्लाका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइएको छ ।

जिल्ला भर ९ वटा सेवा कार्यालय र १ मुख्य कार्यालयमा धुमधामका साथ स्थापना दिवस मनाइएको हो । संस्थाको मुख्य कार्यालय मान्ममा संचालक समिति सचिव सरोज बोगटी, कोषाध्याक्ष कृष्णकला पाण्डे,सदस्य रतन शाही र मुख्य व्यवस्थापक जगेन्द्र आचार्य र कर्जा प्रमुख सिहं शाही लगाएतका स्टाफहरुको उपस्थितिमा जिल्ला अस्पतालमा पोष्टमार्टम स्थलमा ५ सय  लिटरको पानि टयांकी र ३ सय मिटर पाइप प्रदान गरी धारो जडान गर्नुका साथै विरामीलाइ फलफुल र १८ जना बिरामीलाइ ५  वटाका दरले मास्क साथै १८ वटा सेनिटाइजर वितरण गरेर मनाइएको मुख्य ब्यबस्थापक जगेन्द्र आचार्यले बताउनु भयो ।

गाल्जे सेवा कार्यालयले महिलाहरुको समुह गठन गरेर स्थापना दिवस मनाएको छ । त्यसै गरी पिलि सेवा कार्यालयले सेवा कार्यालयमा १२ वटा ममवत्ति बालेर शुभकामना आदान प्रदान गर्दै मनाएको सेवा कार्यालय व्यवस्थापक जयचन्द्र अधिकारीले बताएका छन ।

नरहरिनाथ गाउँ पालिकाको कुमालगाउ सेवा कार्यालय,सान्नित्रिवेणि गाउँ पालिकाको मेहलमुमिड सेवा कार्यालयमा पहिलो सेवाग्राहीलाई स्वागत गर्दै स्थापना दिवस गरिएको छ भने रास्कोट नगरपालिकामा रहेको सेवा कार्यालय रास्कोटले दिपावलि सहित मनाउने तयारी गरेको छ ।

उता जिल्लाको सबै भन्दा टाढा रहेको पलांता गाउँ पालिकाको थिर्पुमा रहेको सेवा कार्यालयले पहिलो सेवाग्राहीलाई सम्मान गर्दै स्टाफहरु विच शुभकामना आदान प्रदान गरी मनाएको छ ।अत्यसै गरी पचालझरना गाउँ पालिकाको सेवा कार्यालय जारकोटमा पचालझरना गाउँ पालिकाका प्रविधि प्रमुख प्रकाश कठायतलाई सदस्यता प्रदान गर्दै पहिलो सेवाग्राहीलाई स्वागत गरिएको बताइएको छ ।

महावै गाउँ पालिकाको पादमघाटमा समेत शुभकामना आदान प्रदान र पहलिो सेवाग्राहीलाई स्वागत गरि मनाइएको हाम्रा सहकर्मि शेर बहादुर विकले बताएका छन ।
हिमचुलि कृषि सहकारी संस्था लि. २०६५ साल भाद्र २५ अर्थात आजकै दिन कालीकोटको बद्रिगाउँमा स्थापना भएको थियो ।

कृषि,वित्तिय तथा अन्य सामाजिक क्षेत्रमा काम गर्दै आएको कर्नालिको ठुलो तथा व्यवसायिक सहकारी संस्था हो । हाल यस सहकारीले प्रत्यक्ष रुपमा ५० जनालाई राजगारी दिएको छ भने ५ हजारको हाराहारीमा अप्रत्यक्ष रोजगारी दिएको संस्थाले जनाएको छ ।

संस्थाका १३ हजार शेयर सदस्य जिल्ला भर ९ वटा सेवा कार्यालय स्थापना गरी सेवा दिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित