पूर्ण साक्षरता गाउँ पालिका घोषणा गर्ने तयारीमा छौं –शिक्षा अधिकृत न्यौपाने

7
SHARES
15
VIEWS

कालीकोट । नरहरिनाथ गाउँ पालिकालाई शिक्षामा नमुना बनाउने तयारीमा रहेको बताइएको छ । शिक्षामा नमुना काम गरेकै कारण देशको छैटौं स्थान हसिल गरेको नरहरिनाथ गाउँ पालिकालाई यस अघि निशुल्क तथा अनिवार्य शिक्षा घोषणा गरिसकेका र अब आउने दिनमा पूर्ण साक्षरता गाउँ पालिका घोषणा गर्ने तयारी भएको शिक्षा शाखा अधिकृत दुर्गालाल न्यौपानेले बताउनु भएको छ ।

यस अघि शिक्षा क्षेत्रमा सरुवा लगाएतका प्रधानध्यापक फेरबदलका कारण मुद्धा मामिलामा आघि बढेको भएपनि अहिले क्रमस सुधार हुन थालेको गाउँ पालिकाले जनाएको छ । वहाँका अनुसार टोल टोलमा प्रोढ शिक्षा कक्षा संचालन गरिएको,सामुदायिक अध्ययन केन्द्र मार्फत शिक्षामा अभिमुखिकरण गरिएको बताइएको छ ।

कोभिड १९का कारण चैत्रमा हुन नसकेको साक्षर गाउँ पालिका घोषणा कार्यक्रम परिस्थिति सृजना भएमा यसै आर्थिक वर्ष भित्र सम्पन्न गरिन्छ । शिक्षा क्षेत्रको अनुगमनको कामलाइ विशेष जोड दिदै आएको छ । त्यसका लागि शिक्षा शाखामा अनुगमन संयोजकको व्यवस्थापन गरिएको छ ।

अहिले गाउँ पालिकाको अनुदान कोटा मार्फत  ७० जना गाउँ पालिकाबाट शिक्षकहरुलाई व्यवस्थापन गरेको छ अझै थप जनशक्ति अभाव भए  भएमा गाउँ पालिका तयार रहेको बताइएको छ । शिक्षा अधिकृत न्यौपनेका अनुसार विद्यालयमा लापरवाही गर्ने जो कोहीलाई तुरुन्त कार्वाही गरिने गरिएको समेत बताउदै गाउँ पालिकामा शिक्षा क्षेत्रमा गाउँ पालिका सरकार र शिक्षा शाखाको समन्वय मार्फत अघि बढेका छौं ।गाउँ पालिकामा ४६ वटा विद्यालयमा ९ हजार १ सय ७५ जना छात्रा छात्र  अध्यायनरत रहेका छन । यस वर्षमा शिक्षकहरुबाट स्तर अनुसार ५ लाख ८१ हजार गाउँ पालिकाको विपद कोषमा सहयोग गरेको,सामाजिक शिक्षा अधिकृत न्यौपानेले बताउनु भयो ।

अहिले विद्यालय बाहिर रहेका वालवालिकाहरुलाई सुन्य बनाउने,बाढिपहिरो क्षति भएका संरचना निर्माण गर्ने,अपुग जनशक्तिको पदपुर्ति गर्ने,पृष्ठपोषण सहितको अनुगमनलाई कडाइ गर्ने,गाउँ पालिकाको अन्य कामलाई शिक्षकलाइ परिचालन लगाएतका काममा सहयोग  गर्दै अघि बढ्ने तयारीमा रहेको बताइएको छ ।

शिक्षा क्षेत्रमा काम गर्ने भिडिसेफ,किर्डाक लगाएतका संस्थाहरुले नरहरिनाथ गाउँ पालिकामा ठुलो सहयोग गरेका छन त्यस सहयोगका कारण पनि शिक्षा क्षेत्रमा कमजोर हुन नदिने प्रेरणा मिलेको शिक्षा अधिकृत न्यौपानले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित