पचालझरनामा पशुपालनका क्षेत्रमा उदाहरणिय काम गरेका छौं —प्रमुख विरेन्द्र बम

7
SHARES
15
VIEWS

कालीकोट । पशुपालनको क्षेत्रमा उचित आहार व्यवस्थापन देखि कृषकहरुको प्रमुख आयश्रोत मानिएको पचालझरना गाउँ पालिका भएकाले कृषकहरुलाई आत्मनिर्भर हुने कार्यक्रम लागु गरेको बताइएको छ । पशु शाखा प्रमुख विरेन्द्र बहादुर बमले कर्नालि संचार संग कुरा गर्दै कृषकहरुले पशुपालनका क्षेत्रमा ६० भन्दा तलको भेडा बाख्राको हकमा मासिक २ हजार ६१ देखि १ सय सम्मका लाइ मासिक २ हजार र १ सय भन्दा माथि भेडा तथा बाख्रा पालक कृषकहरुलाई मासिक ३ हजार सम्म मासिक भत्ता व्यवस्थापन गरेको बताउनु भएको छ ।

आर्थिक वर्ष २०७६।०७७मा ५१ जना पशुपालक कृषकहरुलाई गोठालो भत्ता वापत रु.६ लाख ९६ हजार रकम कृषकहरुको व्याक्तिगत खातामा जम्मा गरिएको बताउनु भयो । कोरोनाका कारण पारित योजना कार्यन्वयन हुन नसकेको बताउदै गाउँ पालिकामा नमुना बाख्रा पालन श्रोतविकास केन्द्र स्थापना गर्ने योजना देखि मासु पसल(फ्रेस हाउस) व्यवस्थापन,पशुपालन शिविर,एकल महिला पशुपालनको कार्यक्रम भएको भएपनि सफल नभएको बताइएको छ ।
गत वर्षको कार्यक्रम नभएपनि गाउँ पालिकाले माग गर्ने भने अनुसार ९८ लाख ८५ हजारको प्रस्ताव पेश गरिएकोमा मात्र २५ लाख रकम विनियोजन भएकाले सोही अनुसार कार्यक्रम तय भएको बताउदै प्रमुख बमले बताउनु भयो ।

गाउँ पालिकामा पशुपालन श्रोतकेन्द्र व्यवस्थापन गर्ने,एकल महिलाहरुको पशुपालन समुह गठन गरी आय आर्जनमा जोड दिने, माछा पालन कार्यक्रम,कृषक अवलोकन भ्रमण,कुखुरा पालन लगाएतका कार्यक्रम तय गरेकोमा बजेट अभावका कारण त्यो सम्भावना कम भएका छन । त्यसरी हेर्ने हो भने कृषकहरुलाई गोठालो भत्ताको निरन्तरता बाहेक अन्य कार्यक्रमको लागि रकम अभाव भएको प्रमुख बमको भनाई रहेको छ ।स्थानिय सरकारले विशेष गरी कृषि र पशुपालनमा जोड दिनु पर्नेमा त्यहि क्षेत्रलाई वेवास्ता गरेको प्रमुख बमको भनाइ रहेको छ ।

माग गरे अनुसार बजेट विनियोजन नभएका कारण भने अनुसारको काम हुन नसकेको स्विकार गर्दै संघिय सरकारले छुट्याएको बजेटमा साझेदारीमा सम्पन्न गर्नु पर्ने सोचिएको छ । त्यसको कार्यविधि अनुसार अगाडी बढ्ने हो ।
पचालझरना गाउँ पालिकामा पचालझरनामा ४ हजार ४२ भाइगोरु, १ हजार २ सय ६६ भैसि रहेका छन भने ३ हजार ७ सय २२ भेडा,७ हजार एक सय ३६ बाख्रा तथा बोका,२ हजार ६ सय ९९ कुखुरा,७८ खरायो,५८ वटा घोडा,५१ वटा खच्चर र १ सय ३२ वटा कुकुर गरी १९ हजार १ सय ४ पशुपन्छि रहेको पशु सेवा शाखा पचालझरनाका प्रमुख बमले जानकारी दिनु भएको छ । यस वर्ष थप अद्यावधि गरिने बमको भनाइ रहेको छ ।

पशुपालनका लागि पचालझरनाको सबै भन्दा बढि वडा न. २मा भेडा बाख्रा धेरै रहेको र एक सय भन्दा बढि भेडा बाख्रा पालन गर्नेमा ३ जना कृषकहरुले ३६ हजार पारिश्रमिक पाएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित