कुनै समय निकै चर्चामा रहेको पलांता निर्माण कार्यदल अहिले उदोगतिमा रहेको छ । कार्यदलको निति विधि सहि ढंगले संचालन नहुंदा चर्चा गरे अनुसार भन्दा पनि फरक ढंगले चलेको पलांता निर्माण कार्यदलमा संख्या घट्ने क्रम जारी छ । पलांता निर्माण कार्यदलमा करिव डेढ वर्ष काम गरेका एक सदस्यले आफुले काम गर्ने चाहना हुंदा हुंदै पनि संचालन गर्ने अगुवाहरुले निति विधिमा भन्दा पनि व्यक्तिगत रुपमा हालि मुहालि गरेको देख्दा विदा लिनु परेको बताएका छन । त्यसका एक पात्र हुन पलांता गाउँ पालिका १ पुलांह निवासि ५१ वर्षिय धनरुप भण्डारी । उनले कार्यदल छाडेर बाख्रा पालन गरेका छन । पलांता निर्माण कार्यदलका भण्डारी संग सो समयमा भएका अनुभवका बारेमा कर्नालि संचारका कार्यकारी सम्पादक रुपेन्द्र ऐडीले लिएको संक्षिप्त कुराकानि यहाँ प्रस्तुत गरिएको छ ।
—तपाई कति वर्ष हुनु भयो अहलिे के गर्र्दै हुनुहुन्छ?
म अहिले ५१ वर्षको भए । म अहिले बाख्रा पालन गरेर बसेको छु । मेरो घरमा कुनै पनि सदस्य रोजगारमा नजोडिएका कारण ६० वर्ष मुनिका युवाहरुले काम गर्न पाउने भन्ने थियो मैले पलांता निर्माण कार्यदलमा करिव डेढ वर्ष काम गरेको थिए । पहिले ४० वर्ष मुनिका युवालाई काम गर्ने भन्ने थियो पछि ४५ वर्षको भएपनि हुने निति बनाइएको हो ।करिव डेढ वर्ष काम गर्ने अवसर मिलेको थियो ।
—पलांता निर्माण कार्यदलमा डेढ वर्ष काम गरेर कति रकम पाउनु भएको थियो ?
मैले डेढ वर्षको अवधिमा एक लाख भन्दा बढि पाएको थिए । रकम पाउनका लागि कहिले समयमै पाइने कहिले ढिलो पाउने ? हाजिरीका आधारमा भने अनुसारको मासिक २४ हजार रकम पाएनौं । हाजिरी पनि गढिवढि गर्ने हामीलाई थाहै नहुने । मैले काम गरेको एक वर्ष पछि रकम पाएको थिए । कार्यदलमा भएका अध्यक्ष,सचिव भन्नेहरुले के के शिर्षकमा काटियो भन्न थाले तिनिहरुले के गरे के गरे त्यसको हामीलाई जानकारी नै नहुने रकम पाउनका लागि गाउँ पालिका अध्यक्षलाई धाउनु पर्ने अवस्था आयो । हामी जहांँ खटायो त्यहि खट्ने हो कति दिन त अध्यक्ष लक्ष्मण बमको घर लगायौं ।त्यो काम गरेको रकम हामीले पाउन त पायौं कता बाट आयो थाहा भएन । हामी काम गर्नेले भन्दा पनि अघि लागेकाहरुले समेत पाउने रकमको गाउँ पालिका अध्यक्ष लक्ष्मण बमले आफै निकाल्ने डोजर,घर लगाएतमा खर्च गर्ने हामीलाई एक÷दुई महिना पछि दिने त्यहि पनि काटेर दिने गरियो । सबैले सहकारीमा खाता खाल्यौं तर एक वर्ष सम्म रुपियाँ आएन । अघि लागेका विचराहरु हामी जस्तै त हुन उनिहरु समेत पिडामा परेका थिए । अगाडी लागेकाहरुले समेत विरोध गर्न नसक्ने मनपरि गाउँ पालिकाबाट हुने गरियो । मैले पाउने रकम १ लाख १८ हजार गाउँ पालिका अध्यक्ष लक्ष्मण बमको घर गएर पटक पटक आएर मागेर लिएको थिए । इन्डिया गाएपछि मेटले ठगे झै हुन थालेको थियो ।
“हाजिरीका आधारमा भने अनुसारको मासिक २४ हजार रकम पाएनौं । हाजिरी पनि गढिवढि गर्ने हामीलाई थाहै नहुने । मैले काम गरेको एक वर्ष पछि रकम पाएको थिए । कार्यदलमा भएका अध्यक्ष,सचिव भन्नेहरुले के के शिर्षकमा काटियो भन्न थाले तिनिहरुले के गरे के गरे त्यसको हामीलाई जानकारी नै नहुने रकम पाउनका लागि गाउँ पालिका अध्यक्षलाई धाउनु पर्ने अवस्था आयो ।हामी जहांँ खटायो त्यहि खट्ने हो कति दिन त अध्यक्ष लक्ष्मण बमको घर लगायौं ।त्यो काम गरेको रकम हामीले पाउन त पायौं कता बाट आयो थाहा भएन । हामी काम गर्नेले भन्दा पनि अघि लागेकाहरुले समेत पाउने रकमको गाउँ पालिका अध्यक्ष लक्ष्मण बमले आफै निकाल्ने डोजर,घर लगाएतमा खर्च गर्ने हामीलाई एक/दुई महिना पछि दिने त्यहि पनि काटेर दिने गरियो । ”
शुरुवातको पलांता निर्माण कार्यदल
—त्यसरी मनपरि हुन थाले पछि सहि ढंगले चल्नु पर्छ भनेर किन भन्नु भएन त ?
हामीले भनेको के लाग्ने थियो । अगाडी लागेकाहरुले भन्ने कुरा हो भनेकि भनेन थाहा भएन तर हाम्रो समुह २० जनाको थियो । पहिला मान सुनार थियो । त्यस पछि धनजन भण्डारी भए उनिहरुले हाम्रो हाजिर लगाउथे ।त्यहि हाजिर माथि समेत नानाथरी भयो भन्ने थालियो । कयौंलाई मन परेन क्रमस छाड्दै गए । म अहिले सहकारीबाट ऋण लिएर बाख्रा पालनमा लागेको छु मेरा अहिले ४० वटा बाख्रा छन । त्यसका साथै मैले मुगु,हुम्ला,बाजुरा लगाएतका ठाउँमा गएर व्लांकेट,कम्मल लगाएतका सामान विक्रि गर्ने काम गर्दै आएको छु । हामी काम गर्न भारतमा देशिको प्रोस्रो बोक्छौ तर आफ्नै गाउँमा हामी जे काम पनि गर्न तयार थियौं । हामीले आशा पनि त्यहि गरेका थियौं ।देशभर राम्रो प्रभाव पलांताबाट भयो भन्ने गरियो तर भित्रको कुरा कसैले बुझेनन् ।
—अहिले पनि कार्यदलमा काम गर्ने युवाहरु छन भन्ने छ तिनिहरुलाई के सुझाव दिनु हुन्छ त ?
हो अहिले तिनिहरु(कार्यदल)लाई काम गर्दा राम्रो छ भन्ने सुनेको छु । मासिक रुपमा नभइ कामको आधारमा रकम दिने गरेको रहेछ । प्राविधिकले निकालेको विवरण अनुसार नापेर कामको क्वान्टिटीका आधारमा हिसाव हुने रहेछ । अब जसरी हिसाव भएपनि म फर्केर जाने पक्षमा छैन । राम्रो होस भन्ने कामना गर्दछु । हामीहरुका जस्तो वर्षाै दिन सम्म रकम नपाउने अवस्था कसैलाई आउनु हुन्न । परिश्रमको उचित ज्याला पाउनु पर्छ ।धन्यावाद
यो पनि पढ्नुहोस,यहाँ क्लिक गर्नुहोस ।
लक्ष्मण बमको खल्तिमा पलांतालाई स्विजरल्याण्ड बनाई सक्नु भयो –वडा अध्यक्ष भण्डारी
Discussion about this post