लक्ष्मण बमको खल्तिमा पलांतालाई स्विजरल्याण्ड बनाई सक्नु भयो –वडा अध्यक्ष भण्डारी

7
SHARES
15
VIEWS

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस संगै कालीकोटको पलांता गाउँ पालिकामा गत हप्ता भएको झडपले यति वेला निकै आश्चय चकित बनाएको छ । कोरोनाको सन्त्रासको समयमा भएको उक्त घटनाले तरंग पैदा भएको छ । घटनामा प्रत्यक्ष संलग्न तथा आरोपितका रुपमा कहलिएका तथा विगत देखि पलांता गाउँ पालिकाका अध्यक्ष लक्ष्मण बमका बिरुद्धमा उभिएका भनिएका वडा न. १ का अध्यक्ष तथा गाउँ पालिका प्रवक्ता मान बहादुर भण्डारी संग कर्णालि संचार संग गरिएको कुरा कानिको सारसंक्षिप्त यहां प्रस्तुत गरिएको छ ।
–तपाई यति वेला देश कोरोनाको सन्त्रासमा रहेको बेला कुस्ति खेल्नु भएछ पलांता घटना बास्तविक के हो ?
तपाई र यस अनलाइन मिडियालाई धन्यवाद दिन चाहान्छु । पलांता गाउँ पालिकामा गएको बैशाख २७ गतेको घटना हो । यसमा म लगाएत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)पलांता अध्यक्ष इन्द्रको सहभागिताको सवालमा हाम्रो कुनै पनियोजना नभई पलांता गाउ पालिका अध्यक्ष लक्ष्मण बमको ठुलो गलत छ । पहिलो कुरा त्यहांका समुदायको लागि सडक निर्माँण गर्नका लागि आफ्नो निजि डोजर लिएर बाटो खन्न गएको बैशाख २६ गते त्यो दिन सहमति नभएपछि २७ गते सिलान्यासको तयारीमा दलवल सहित गएको अवस्थामा हामीलाई कुनै पनि जानकारी थिएन । तर समुदायको पाएक पर्ने भन्दा फरक ठाउँमा बाटो लिने जवरजस्त गरेपछि वडा न. २का पार्टी अध्यक्ष कमरेडले हामीलाई सुचना गर्दा म आफ्नो घरबाट दुई जना संग राडुनेटा गएको र पार्टी अध्यक्ष क.इन्द्र घर बाट एक्लै आएको ठिक हो । रह्यो त्यस पछिको कुरा मैले यहाँका सुमदायको पाएक पर्ने र यस अघि विश्वखाद्य कार्यक्रमबाट काटिएको गाउँको विचमा पर्ने सडक छ त्यतै बाट खन्न शुरु गरौं भनेको हो । तर त्यस कुरालाइ लक्ष्मण जिले मान्न भएन ।वहांले म कार्यपालिका बैठक छ भनेर जान खोज्नु भयो सोही समयमा मैले तपाई जान पाउनु हुन्न यहाँका समुदायका लागि स्पष्ट पारेर जानु पर्छ भनेर रोक्न खोज्दा एक्कासि मलाई वहांले लात्ति हान्नु भयो मैले पनि वहाँ माथि हातपात गर्ने अवस्था आयो । त्यहि बेला वहांको परिवारले मेरो हातमा हान्नु भयो , रौं समात्नु भयो र सोही समयमा मलाई हान्नका लागि अध्यक्ष लक्ष्मण बमको साथमा गएका रकम बुढा भन्ने व्यक्तिले हानेको ढुंगा मलाइ नलागेर गोरिकला बमको टाउकोमा लागेको हो ।अहिले इन्द्र लगाएतका कमरेडहरुलाई आरोप लगाएपनि । त्यस पछि हामीहरु संग कोही भएनन हाम्रो त्यो दलवल सहितको टोलि संग केही लागेन हामी भागेर गयौं । हामीलाई तिनिहरुले कुटे गोरिकलालाई त लाग्यो ढुंगा हामीलाई त बांकी राख्ने कुरा भएन । त्यहांका भएका म, इन्द्र कम्रेड, धन बहादुर भण्डारी लगाएतका मेरो आफन्तलाई मरणासन्न हुने गरी कुटियो म भागेर स्थानियको घरमा गएको थिए । अध्यक्ष मेरो पछि गएर खसियाको लास हुन्छ भन्दै जानु भयो । के सोचेर फर्किनु भयो थाहा भएन । लक डाउनको बेला गएर आक्रमण गर्ने जनता माथि आफुले डोजर लिएर बाटो काट्ने काम गर्नु भयो ।झगडाको शुरुवात गर्ने त गाउँ पालिका अध्यक्ष लक्ष्मण बम हुनु हुन्छ । हामीलाई पछि खवर भएको हो । हामीले योजना बनाएर आएको भए हामीले कुटाई खान्थ्यौं त हामी लेखिटिने थियौं तपाई आफै भन्नु होस ?
सबै भन्दा पहिला त तपाईले आक्रमण गर्नु भयो भन्ने छ  त ? त्यसो भने तपाईको केही पनि दोष भएन ?
दोष होकी होइन भन्ने कुरा त समुदायलाई सोधे पछि थाहा हन्छ । हाम्रो के दोष छ । लक डाउनको समयमा आफै डोजर लिएर धमाधम काम गर्न गाउँ पालिका अध्यक्ष हिड्ने समुदायको इच्छा विपरित त्यो योजनाका लागि रकम छैन उधारो खन्ने मनोमानि भोलि उठाउनेको कमजोरी कि हाम्रो ?हामीले जनताका विचमा कुरा स्पष्ट पारेर मात्र जानुहोस भनेका हौं । यदि हाम्रो योजना बद्ध वहां माथि आक्रमण गर्ने योजना भइदिएको भए उहिले नै हामीले ठिक पाथ्यौं त्यसो होइन हाम्रो अन्तरविरोध भएको दुई वर्ष बढि भैसक्यो । तर पनि जनताले पटक पटक हामीलाई आवाज उठाउने गरेका कारण जनतालाई भनेर जानु भनेको मात्र हो ।
–अध्यक्ष लक्ष्मण बमलाई रोकेर आखिर जनताका विचमा के स्पष्ट पार्न चाहनु हुन्थ्यो त ?
पहिलो कुरा स्थानिय निर्वाचनको समयमा हामी टिकट वांडफांडमा असहमतिका बावजुद अन्तिममा लक्ष्मण बमलाई सहमति दिने मै हुं । निर्वाचनका समयमा मत माग्नका लागि मैले समुदायमा लक्ष्मणको हात समाएर लक्ष्मण भनेको मै हुै भनेर मत मागियो अहिले जनताको इच्छा विपरित मनपरि तरिकाले चल्न थाले पछि लक्ष्मण बमको मुख बाट जनतालाई स्पष्ट गराउन चाहेको हुं । जनताले उठाउने गरेका थुप्रै कुराहरु छन । पहिलो कुरा १५ सैयाको अस्पताल पचालझरनाको काखमा रहेको उनको आफ्नै गाउँमा बनाउन शुरु गर्नु,पालिका केन्द्र तोकिएको ठाउँ लोडेमा कुनै पनि संरचना निर्माणको पहल नुहुन,आफैलाई सुनिने गरी रेडियो संचालन गर्नु,उपभोक्ता समिति गठन गरेका योजनाको रकम आएको छैन भन्ने आफु निजि डोजर लिएर उधारो सडक खन्ने,लगाएतका कुरा गर्ने तयारी थियो । त्यो कुरा उठाउदा आफुलाई असहज हुने र उचित जवाफ नभएका कारण वहां भाग्न खोज्नु भयो
तपाई त वडा अध्यक्ष जस्तो पद त्यस माथि गाउँ पालिकाको प्रवक्ता हो ? पालिकामा पनि त ति कुराहरु उठाउन सक्नु हुन्थ्यो नि ? त्यसरी आक्रमण नै गर्नु पर्ने त उचित हुंदैन थियो होला ?
तपाईले भन्नु भयो ठिक हो हामी लामो समय देखि असहमतिका बावजुद अगाडी बढेका छौं । वहांले गाउ पालिकामा माइन्युट विच विचमा खालि राखेर अधुरा बैठक गर्ने आफुले पाएक पर्ने कहाँं छ त्यहि योजनाहरु राख्ने गर्नु भयो । त्यो पनि सुझाव दिएकै हो ?बैठक पुस्तिकामा असहमति “नोट आफ डिसेन्ट ”गर्ने काम पनि भयो तर पनि मान्नु भएन वहांले त्यति मात्र नभई हामीले जिल्ला मा पत्रकार सम्मेलन गरेको पनि हो । कसैलाई आंखा देख्नु हुन्न त्यस पछि मैले गएको वर्ष देखि करिब एक वर्ष भन्दा बढि बैठकमा जान छोडेको छु । पालिकामा राम्रो काम भएको भए गएको तिन आर्थिक वर्षको बजेट घटेर आउछ ? कुनै पालिकामा त्यसो भएको नहोला तर पलांतामा पहिलो वर्ष १६ करोड आयो, पछिल्लो वर्ष १२ करोड र तेस्रो वर्ष आर्थिक वर्ष २०७५÷२०७६मा ९ करोड मात्र आएको छ ।त्यो रकम मनोमानि रकम बांडेर खाने काम गतिला नगरेको अवस्थामा रकम कम आयो सिष्टममा जाउँ भन्दा वहां मान्नु हुन्न ?
त्यसो भया अलि अलि भागबण्डा नमिलेर तपाई टाढिनु भयो अध्यक्षका विरुद्ध योजना बनाउन लाग्नु भयो भन्ने छ नि के सांचो हो ?त्यति मात्र हैन तपाइले विद्यालयको अध्यक्ष भएर रकम हिनामिना गुर्न भएको छ रे त नि ?
त्यो सबै झुटो हो । नपाउदा विरोध गर्ने पाउदा सहयोग गर्ने भन्ने भावना कहिले आएन हुन पनि सक्दैन । मलाई प्रलोभन नआएका हैनन, पहिलो उपाध्यक्ष सहित बुहमत वडा अध्यक्षहरुको टिम विरोधमा उत्रिएका थियौं तर अन्य वडा अध्यक्षले मेरो साथ छोडेर गए तर म त आफ्नो स्थान मै छु हिजो पार्टीमा पनि विभाजनको समयमा पनि तटस्थ उभिएर पलांतामा पार्टी जोगाउने भनेकौ अनन्त विक र मै हुं । सम्पूण बहुमत साथिहरु जनताहरु बैद्य माओवादीमा थिए तर पनि पार्टी जोगाइयो । खाने कुरा नपाएको कुरा कपोकल्पित हुन हामीले सिष्टममा मात्र जाउँ भनेका छौं वहां मनपरि तरिकाले जान खोज्नु हुन्छ त्यहि विचको अन्तरविरोध हो । अर्काे कुरा मैले विद्यालयको कुनै रकम हिना मिना गरेको पनि छैन यदि गरेको भए दस गुणा तिर्छु आएर पुष्टि गरे हुन्छ ।
तपाई वडा अध्यक्ष हो कतिको विकास गर्नु भयो त तपाईको (साविकको धोलागोह गाविसमा) अब के गर्ने योजनामा हुनुहुन्छ त ? कित लडाई झगडाबाट अगाडी बढ्ने मात्र होकी ?
हामीले विकास के गर्न बाँकी छ ।  पालिका अध्यक्ष लक्ष्मण बमले पलांतालाई खल्तिमा स्विजरल्याण्ड बनाई सक्नु भयो । तपाईलाई थाहा छ यसो गरे उता उसो गरे भनेर भन्नु हुन्छ ।कहाँ गर्नु भयो हामीलाई थाहा छैन । खुव मिडियामा राम्रो गरेको खवर आउछ भने जस्तो छैन पलांतामा । हामीले कतै देखेका छैनौ कहिले दैख्नेदिन आउने हुन थाहा छैन । बरु वहांले गरेका क्रियाकलापहरु यि हुन । “एम्बुलेन्स भनेर घोषणा गर्ने हस्पिटलको कार किन्ने ? गरिवहरु माथिको पसिना चुसेर गरिवलाई सहयोग गर्नु धिक्कार छ ? पलांता साझा यातायात गाउँ पालिकाको होकी व्यक्तिको हो र कुनै टिकट काउन्टर छैन संकलन भएको रकम अध्यक्षको पत्नि गोरिकला बमलाई बुझाउनु पर्ने कहाँको परिपार्टी हो । त्यति हैन कर्मचारीको तलब महिनाको खुवाउनु पर्ने हो हैन भने चौमासिक त खुवाउनु पर्ने हो छैन ? १० महिना भैसक्यो पाएका छैनन, यस वर्षको दुई चौमासिक सामाजिक सुरक्षा भत्ता र वालपोषण रकम पाएका छैनन,निशल्क शिक्षा भनेर घोषणा गरियो अहिले विद्यालय संचालन गर्ने प्रति घर परिवारबाट पांचसय रकम संकलन गरेर विद्यालय संचालन गरिएका छन । पलांता शहिद स्मृति आवासिय विद्यालय भनेर ३६ लाख बढि रकम भुक्तानि भएको छ कहां छ त्यो विद्यालय ? कार्यदल बनाएर चर्चामा आउनु भयो खोइ कता हरायो कार्यदल, २४ हजार तलव भन्ने कार्यादललाई नदिएर आफुले खाने अनि कार्यदल ? हरियालि पलांता अरे कता छ हरियालि पलांता ? तर गाउँ पालिकाका मुख्य मान्छेहरु नै मनोमानि गर्न थाले पछि व्यक्तिगत सम्पति हसुर्न थाले पछि जनतालाई लात्ति हान्ने काम भएको छ । अहिले हेर्नुहोस गाउँ पालिका अध्यक्ष भईसके पछि वहांको थिर्पुमा घर हेर्नुहोस,सदरमुकाम मान्ममा घर, वहांको हाइफाई, ठाउँ ठाउँमा सहयोग भनेर दिनु हुन्छ त्यो रकम कता बाट आएको हो ? खोई त श्रोत जवाफ दिन आंट छ ? खाडा बस्तिलाई १५ लाख सहयोगको घोषणा गर्नु भयो कता बाट आयो ? हेर्नु हुन्छ खाडा वस्तिको त्यत्रो सहयोग कता हरायो त्यस्तै हुन घर यि यावत कुरा छन । अहिले कोरोना रोकथामका लागि भनेर २० लाख व्यक्तिगत सहयोग गरे भन्नु हुन्छ कहांबाट आएको हो त्यो रकम । त्यसै बाहिर भने जस्तो छैन पलांता ।ललिपप लगाएर हुंदैन हामीले पलांताका बारेमा आधारभुत कुरा उठाउदा हामी जनविरोधि ? जुन मान्छे पलांता बासिको श्रम पसिना माथि रजाई गर्छ त्यो जनताको पक्षधर यो हुन सक्दैन हामीले सहि कुरा उठाएका छौं अन्तमा सबैले थाहा पाउन छन । त्यति मात्र होइन वहां जस्तो घटिया सोच हामीमा भएको भए उहिले नै गम्भिर खालका कर्तुत बाहिर ल्याउने थियौं तर हामी त्यहि समुदायमा बस्ने हो त्यहिका जनताका साथमा रहेर काम गर्ने हो भनेर मात्र हो । अब हामी चुप लागेर बस्दैनौ हामी उचित न्याय पाउने छौ । जनताको भलाईका लागि हामीले राजनैतिक गर्ने हो अन्यायका लागि जहां गएपनि लड्ने हो । जनताका बारेमा धेरै गर्ने योजना थियो ।गरियो पनि अझै गर्न बांकी पनि छन ।
आफ्नै पार्टी र सहकर्मिहरु विचमा मुसा विरालि राम्रो हैन ? अब के गर्नु हुन्छ तपाई दुई जना(बासिन्दा र इन्द्र) मुख्य दोषि मानिनु भएको छ तपाईले नै पहिले आक्रमण गर्नु भएको छ । तपाई न्यायिक ढंगले अगाडी बढ्ने कि लडाई गरेर जानु हुन्छ ?
हामी सहमति सहकार्य गरेर जान्छौं गलत तत्वका विरुद्ध निरन्तर लडाई जारी हुन्छ चाहे त्यो सहमति भएपनि नभएपनि । पहिलो कुरा राजनैतिक आस्था एउटै भएको, राजनैतिक सिकारु हुन भनेर हामीले सहि ठाउँमा लैजाने खोजिएको हो अझै पनि सक्दो सहयोग गरेर पलांति जनताको पक्षमा हातमा हात कांधमा कांध मिलाउने वातावरण आउने छ भन्ने आशा लिएको छु मात्रै मेरो फरक मत कहां नेर हो भन्दा निति विधिको कुरामा असहमति हो त्यसका लागि पार्टीले के प्रक्रिया अगाडी बढाउछ त्यहि अनुसार जाने हो । अहिले पनि हेर्न होस आफुहरुको पक्षमा मावल तयार गर्न र दवाव सृजना गर्न गाउँ पालिकाका कर्मचारीलाई कित विज्ञप्ति निकाल हैन भने जागिर खाने विचार छकि नाई भनेर जवरजस्त विज्ञप्ति निकाल्न लगाइयो त्यहि हो स्थानिय सरकार ?

तपाईको राजनैतिक पृष्ठभुमि जनयुद्धबाट आएको हो । सहमतिमा जांदा के गर्दा ठिक होला भन्ने नसोचर एका एक प्रतिरोध गर्नु राम्रो पक्कै हैन । अन्य बाटा हरु पनि हुंदा हुन अख्तियार लगाएतका निकाय छन कानुन हातमा लिनु भनेका ठिक ठान्नु हुन्छ अहिले कस्तो लागि रहेको छ त्यो घटनाको स्मरण गर्दा खेरी ?
एक दमै दुखद घटना भएको छ जे नहुुनु पर्ने हो त्यहि भएको छ । हामीलाई पनि आत्ग्लानि भएको छ पलांता घटना । हो हामीले सहमतिका आधारमा लक्ष्मण जिलाई टिकट दिएका हौं जनताको पक्षमा सहमति सहकार्य गरेर पलांता बासिकालागि सम्बृद्धि आउने आशा थियो तर लक्ष्मण जिलाई तात्तै खांउ जल्दि भन्ने उखान झै भयो । कयौं लामो प्रयासमा हामीले निकै पहल गरेका हौं । वहां पलांता वासिका लागि निरंकुश शैलिको शासकको रुपमा देखिनु भयो रक्त माचिएको बाघ झै खुले आम लाग्नु भयो बाहिर हेर्दा निकै सम्बृद्धिका कुरा गर्ने महासयले भित्र सर्पले भ्यागुत्तो चुसे झै गर्नु भयो । पलांता बासिले एक दिन पक्कै पनि थाहा पाउने छन । रह्रयो कुरा प्रतिरोधको त्यो कसरी भयो भन्ने बारेमा अघि भनि सके मलाई लाग्छ जनतामा राम्रो होस लोकतन्त्र भनेको छ भन्ने बोल्न नपाईने, आफ्ना फरक मत राख्न नपाईने भएपछि के को लोकतन्त्र अनि कसरी आयो संघियता ? फरक मत राखेको छ । सुनुवाइ छैन एकतर्फि पेलेरै अगाडी बढेको छ कुनै पद्धति प्रक्रिया छैन । कसैले केही भन्योकि आक्रमण गरिहाल्ने कस्को सरकार हो त्यो ।
–तपाईलाई पार्टीले निलम्बन गरेको छ यस बारेमा तपाई अन्तमा  के भन्नु हुन्छ ?
पार्टीले गरेको उक्त निर्णय छानविनका लागि हो त्यसलाई हामीले स्विकार गरेका छौं ।सत्य तथ्य छानविनको पक्षमा हामी छौं । यदि भएन भने पार्टी नेतृत्व प्रति घातक हुने छ । सायद टुंगो लाग्ने छ । पहिलेको छानविन समिति जस्तो नहोस भन्ने सुझाव दिन चाहान्छु ।अहिले सम्म छानविन प्रतिवेदन के भएको हो आउनु पर्ने हो दुभाग्य आएन तर उचित निर्णय पार्टीले लिनै पर्छ हामाी आशावादी छौं । यसका साथै मलाई आफ्ना विचारहरु व्यक्त गर्न दिनु भएकोमा तपाई र यस कर्नालि संचार अनलाइनलाई धन्यावाद । जनताका पक्षमा निरन्तर कलम चलोस । अहिलेको कोरोना भाइरसको संकटमा पलांता बासि आम समुदायमा धैर्य संयमित हुनका साथै आबश्यक परेमा साथ दिनु हुने छ ।तपाईको साथ समर्थनबाट हामीलाई उच्च मनोवल र शाहस पैदा हुने छ । गलत प्रवृतिका विरुद्ध खवदारी गर्नु हामी लागि पर्ने छौ । धन्यावाद
(यो अन्तरवार्ता मानबहादुर भण्डारी(बासिन्दा) र विष्णु रोकाया(इन्द्र)लाई प्रहरीले नियन्त्रण लिनु अघि लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित