काठमाडौं। उपत्यकामा आज विहान भुकम्पको धक्का महशुस भएको छ । सिन्धुपाल्चोक जिल्लाको कोदारी राजमार्गको सखुवा नजिकै केन्द्र विन्दु रहेको खुलेको छ ।
साइन्स फर चेन्जिङ वर्ल्ड (युएसजीएस)ले दिएको जानकारी अनुसार बुधबार बिहान ५ बजेर १९ मिटनमा ५.३ म्याग्नेच्युडको भूकम्प गएको बताइएको छ। भूकम्पले जमीनमुनि १० किलोमिटर तल केन्द्र बनाएको युएसजीएसले जनाएको छ ।
भूकम्पले हल्लाएपछि काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका सर्वसाधारणहरू घर बाहिर निस्किएका थिए । भूकम्पले सबैभन्दा ठूलो धक्का सिन्धुपाल्चोक र असापासका जिल्लाहरूमा भएको जनाइएको छ ।
भूकम्पले के कति क्षति भएको छ भन्नेबारे विवरण आइसकेको छैन ।
Discussion about this post