६ महिना पछि लामो दुरीका गाडी संचालन हुने, भाडा भने ५० प्रतिशतले बढ्यो

7
SHARES
15
VIEWS

काठमाडौं । आज देखि लामो दुरीका सार्वजनिक सवारीका यातायातका साधन संचालनमा आउने भएका छन । सरकारले करीब ६ महीनापछि आजबाट लामो दूरीका सार्वजनिक यातायात चलाउन अनुमति दिएको छ।

व्यवसायीले सार्वजनिक यातायातमा ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने छन्। तर, उनीहरुले सिट क्षमताको आधा यात्रु मात्र राख्नु पर्नेछ।

स्वास्थ्य सावधानीका उपाय पालनाको अनुगमनका लागि विभिन्न ठाउँमा चेकजाँचको व्यवस्था मिलाइएको छ। लामो दूरीका यातायातले बीचमा यात्रु राख्न पनि रोक लगाइएको छ।

चालक, सहचालकलगायत गाडीका कर्मचारीले मास्क, पञ्जा, सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्नेछ। चालकबाहेकका कर्मचारीलाई फेस भाइजर पनि अनिवार्य गरिएको छ। त्यस्तै यात्रुहरुले मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्नेछ।

गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १ असोजदेखि लामो दूरीका गाडी सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको थियो। जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्ने पनि मन्त्रीपरिषदले निर्णय गरेको छ।

यता यातायात व्यवसायी महासंघ र चालक महासंघको संयुक्त कार्यदलले बुधबार विज्ञप्ति जारी गरी आजदेखि लामो दूरीका गाडी चलाउन अनुरोध गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित