भिडिसेफले युवा शसक्तिकरण कार्यक्रम हस्तान्तरण गर्दै

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाका दुई स्थानिय तहमा संचालन हुंदै आएको युवा शसक्तिकरण बुलगारी परियोजना स्थानिय तहलाई हस्तान्तरण गरिने भएको छ ।

सेभ द चिल्ड्ेनको सहयोग तथा भिडिसेफ नेपालले संचालन गरेको उक्त परियोजना स्थानिय सहकारीहरु संगको साझेदारी संचालन हुदै आएको बाल अनुदान तथा घुम्तिकोष कार्यक्रम जिल्लाको तिलागुफा नगरपालिका र नरहरिनाथ गाउँ पालिकामा २०१६ तथा २०७३ साल देखि संचालन भएको उक्त कार्यक्रमले १३ वर्ष देखि १८ वर्ष सम्मका वालवालिकाहरुमा सहयोग गर्ने र  १८ देखि २२ वर्षका युवाहरुमा लगानि गरी युवाहरुलाई उद्यमि बनाउने काम हुंदै आएको थियो ।

भिडिसेफ कालीकोटको शनिवार आयोजनामा भएको कार्यक्रममा तिलागुफा नगरपालिका र नरहरिनाथ गाउँ पालिकालाई हस्तान्तरण गरिने भएको छ ।
भिडिसेफ नेपाल मार्फत संचालन भएको उक्त कार्यक्रममा हिमचुलि कृषि सहकारी संस्था लि.रातो गुरांस बचत तथा ऋण सहकारी संस्था र तिलाकर्नालि सहकारी संस्था मार्फत ग्रामिण क्षेत्रमा काम गर्दै आएका थिए ।

सहकारी संस्थाहरुले १सय ११ जना वालिकाहरुलाई १७ लाख ६३ हजार कर्जा प्रवाह गरेको,१ सय ९ जना वालवालिकाहरुलाई सहयोग वापत २ लाख ८५ हजार ३ सय १३ रुपैया गरिएको भिडिसेफ नेपालका युवा शसक्तिकरण परियोजना संयोजक भुपमासिंह बोहोराले बताउनु भएको छ । ५ वर्ष सम्म लगातार गरिएको कार्यक्रममा जिल्लामा १८ देखि २२ वर्ष उमेर समुहका युवाहरुलाई उद्यमि बनाउनु ठुलो सफलता भएको सेभ द चिल्डेनका इन्द्र विश्वकर्माले साझेदार सहकारी संस्थालाई धन्यवाद दिनु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका तिलागुफा नगरपालिका कार्यवाहक मेयरको काम काज गर्ने गरी जिम्मेवारी तिलक प्रसाद उपाध्यायले सरकारलाई सहयोगि निकायको रुपमा भुमिका निर्वाह गर्ने गैरसरकारी निकाय भएकाले संघ संस्थाहरुले गरेको राम्रो कामको अनुशरण गर्नु पर्ने बताउनु भयो ।
साथै वहाँले जिल्लामा स्थानिय सरकारले गर्ने काममा जनशक्ति व्यवस्थापन उचित ढंगले नहुनु र छोटो समयमा फेरबदल हुनुले समस्या आएकाले स्थायित्व नहुंदा सम्म कामले सार्थकता नपाउने बताउनु भयो ।

सहि ढंगले निति विधि अनुसार अगाडी नबढ्दा गएको वर्ष ७ करोड खर्च हुन नसकेको समेत बताउदै स्थानिय स्तरमा समुदायको हितका लागि विभिन्न संघ संस्थाले साझेदारी गर्ने कार्यक्रमको प्रस्ताव ल्याउन समेत आग्रह गर्नु भएको छ ।

अहिले नगरपालिकाले जनता संग मेयर कार्यक्रम लागु गरेर आय आर्जन लगाएतको काम गर्ने तयारी गरेकोमा गैरसरकारी निकायहरु संग समन्वय गरेर जाने बताइएको छ ।
भिडिसेफ नेपालको कार्यक्रममा स्थानिय तहलाई हस्तान्तरण गर्न लागिएको कार्यक्रममा स्थानिय तहले अभिभावकत्व लिनु पर्ने र निरन्तरता दिन सहज हुने सहभागिहरुले सुझाव दिएका छन ।

आगामी दिनमा युवा र वाल वालिकाहरुका क्षेत्रमा नमुना काम गर्न स्थानिय तहले अभिभावकत्व निर्वाह गर्ने वातावरण हुने विश्वासका साथ यस परियोजनाले निरन्तरता पाउने भिडिसेफ नेपाल कालीकोटका कार्यसमिति सदस्य नेत्र देबकोटाले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित