चेन्नई सुपर किङ्सटी–ट्वान्टी क्रिकेटमा विजयी सुरुवात

7
SHARES
15
VIEWS

नयाँदिल्ली । १३ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) टी–ट्वान्टी क्रिकेटमा साविक उपविजेता चेन्नई सुपर किङ्सले विजयी सुरुवात गरेको छ।

शनिबार राति युएईको अबुधाबीमा भएको उद्घाटन खेलमा साविक विजेता मुम्बई इण्यिन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नईले विजयी सुरुवात गरेको हो।

मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य चेन्नईले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पुरा गरेको थियो।

चेन्नईको जितमा अम्बाती रायाडुले ७१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। उनले ४८ बलमा ६ चौका र ३ छक्काकाे मद्धतले ७१ रन बनाउँदै चेन्नईको जित सहज पारे।

रायडु र डुप्लेसिसले तेस्रो विकेटका लागि १४ ओभरमा ११४ रनको साझेदारी गरेका थिए। साम करनले १८ तथा रबिन्द्र जडेजाले १० रन जोड्दा कप्तान महेन्द्र सिंह धोनी शून्यमा आउट भए।

यस्तै फाप डुप्लेसिसले अविजित रहँदै ५५ रनको अर्धशतकीय इनिङ्स खेले। खेलमा उनले ४४ बलको सामना गरेर ५५ रन बनाएका हुन्।

मुम्बईका ट्रेन्ड बोल्ट,जेम्स प्याटीनसन, जस्प्रित बुम्राह, हार्दिक पाण्डय र राहुल चाहरले १–१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो।

मुम्बईका लागि सौरभ तिवारीले ४२ रन बनाउदा क्विनटन डी ककले ३३ रन बनाएका थिए। चेन्नईका लुंगी एनजिडीले ३ रबिन्द्र जडेजा र दिपक चाहरले २–२ तथा साम करण र पियुस चावालाले १-१ विकेट लिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित