पचालझरनाका वालवालिकाहरुलाई शैक्षिक सामाग्रि वितरण

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको पचालझरना गाउँ पालिकामा क्वारेन्टाइन स्थापना भएका विद्यालयका वालवालिकाहरुलाई शिक्षा सिकाइका लागि शैक्षिक सामाग्रि हस्तान्तरण गरिएको छ ।

किर्डाक नेपाल कालीकोटको सहयोगमा वाल शिक्षा देखि कक्षा ३ सम्मका वालवालिकाहरुलाई झोला,अध्ययन पुस्तिका,कापि,पेन्सिल लगाएतका सामाग्रि वितरण गरिएको गाउँ पालिका प्रवक्ता अनरुप रोकायाले बताउनु भएको छ । वहांका अनुसार क्वारेन्टाइन स्थापना भएको ज्ञानोद्धय मावि राम्नाकोटका वालवालिकाहरुलाई किर्डाक नेपालका जिल्ला संयोजक तुलाराम पाण्डेले पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवालको उपस्थितिमा शैक्षिक सामाग्रि वितरण गरिएको बताउनु भएको छ ।

शैक्षिक सामाग्रि पाउनेमा वालविकास केन्द्रका ३४ जना वालवालिकाहरु,कक्षा १का ३२ जना,कक्षा २का २६ र कक्षा ३का २४ गरी जम्मा १ सय १६ जना वालवालिकाहरुलाई ३ लाख बराबरको शैक्षिक सामाग्रिहरु दिइएको बताइएको छ ।
शैक्षिक सामाग्रि वालवालिकालाई हस्तान्तरण गर्दै गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले कोरोना कारण लामो समय बन्द भएका विद्यालय संचालन हुनु र त्यहि पेरीफेरीमा किर्डाक नेपालले शैक्षिक सामाग्रि वितरण गर्नुले वालवालिकाहरुमा उत्साह थपिएको बताउदै आयोजक संस्थालाई धन्यावाद दिनु भएको छ ।

किर्डाक नेपालले जिल्लामा शैीक्षक क्षेत्रमा काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित