पलांताको खिनमा गाडी पुग्यो, थिर्पुको सडकमा पर्खाल

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको दुर्गम तथा विकट क्षेत्र मानिएको पलांता गाउँ पालिकाको खिनमा पहिलो पटक गाडी पुगेको छ ।

जुम्ला जिल्लाको सिमा भएर खिनमा गाडि पुगेको भएपनि थिर्पु भएर धौलागोह जाने सडकमा भने तिन महिना देखि सडकमा पर्खाल लगाएको छ । कर्नालि नदिबाट यातायातका साधन लिएर संचालनमा ल्याइएको थिर्पु देखि धौलागोहको सडक अहिले बन्द अवस्थामा रहेको छ ।

उक्त सडकमा लगाइएको पर्खालका बारेमा कुनै पनि सुनुवाई नभएको बताइएको छ । पलांता ९को थिर्पुमा कृषकहरुको सिचाईका लागि कुलो भत्काएको भन्दै खेत बाझै रहेको छ भने सडकमा ६ फिट अग्लो पर्खाल लगाइएको छ ।

पलांतामा यस अघि धौलागोहको राडुनेटामा गाडि पुगेको थियो भने केही समय अघि  थिर्पुबाट बेर्सनकोट सम्म गाडी संचालनमा ल्याइएको छ भने शनिवार जुम्लाको हिमा गाउँ पालिका भएर खिन सम्म संविधान दिवसको अवसरमा मोटरबाटो उद्घाटन गरिएको हो ।

उक्त सडक उद्घाटन पलांता गाउँ पालिका अध्यक्ष लक्ष्मण बम र जिल्ला समन्वय समितिका सदस्य अनन्त विक राजेशको उपस्थितिमा उद्घाटन गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित