महाराष्ट्र । भारतको महाराष्ट्रमा भवन भत्किँदा आठजनाको मृत्यु भएको छ ।
उक्त भवन भत्किने क्रममा स्थानीयको उद्धारबाट २० जनाको ज्यान बचाइएको छ।
यो भवनमा अहिले पनि २० देखि २५ जना फसेको हुनसक्ने वेपत्ता भएको अनुमान गरिएको छ ।
मुम्बई पछिल्लो दुई दिनदेखिको भारी वर्षाका कारण भवन कमजोर भइसकेको आशंका गरिएको थियो । यसमा २१ परिवार बस्दै आएका थिए । एनडीआरएफको समूहले सोमबार बिहान एक बच्चालाई सुरक्षित निकालेको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार भवन सन् १९८४ मा बनेको बताइएको छ ।
Discussion about this post