हिमचुलिको कोभिड १९ सहुलियत विशेष कर्जा

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लामा लामो समय काम गर्दै आएको सबै भन्दा ठुलो व्यवसायि हिमचुलि कृषि सहकारी संस्थाले सदस्यहरुलाई भारी मात्रामा व्याजदरमा छुट दिने निर्णय गरेको छ ।

शुक्रवार बसेको संचालक समितिको बैठकले कोभिड १९ विशेष कर्जा व्यवस्थापन गर्दै व्याजदरमा छुट दिने र संस्थाबाट व्यवसाय संचालन गर्दै आएका सदस्यहरुलाई आर्थिक अभावमा कठिनाई आएको हकमा पुनरकर्जा व्यवस्थापन गर्ने भएको बताइएको छ । यस अघि मासिक रुपमा लिदै आएको मासिक किस्तालाई हटाई कृषि तथा पशुपालनको लागि ६ महिना सम्म नियमित व्याज दिने र त्यस पछि मासिक रुपमा किस्ता शुरु गर्ने बताइएको छ ।

संस्थाका सचिव सरोज बोगटीका अनुसार संस्थाले अहिलेको कोभिड १९का कारण व्यवसायमा असर पारेकाले सदस्यहरुलाई सहुलिएत कर्जा प्रवाह गर्ने र यस अघि कर्जा लिएका सदस्यहरुलाई पुनरकर्जा व्यवस्थापन गर्ने निति लिएको बताउनु भयो । वहाँका अनुसार सदस्यहरुमा कृषि तथा पशुपालनमा विशेष जोड दिने गरी सहुलिएत कर्जाको व्यवस्थापन गरेको समेत जानकारी दिनु भएको छ ।
जिल्ला भर ९ वटा सेवा कार्यालय रहेको हिमचुलि कृषि सहकारी संस्थाका ११ हजार पांच सय सदस्यहरुमा २२ करोड कर्जा प्रवाह गरिएको छ । उक्त कर्जामा यस अघि लिदै आएको व्याजदरमा २ प्रतिशत घटाइएको छ भने कोभिड १९ विशेष कर्जा तथा पुनरकर्जाको लागि १४ प्रतिशत कायम गरिएको बताइएको छ ।

संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यका अनुसार संस्थाले बाढिपहिरोबाट घर भत्केका,उच्च जोखिममा रहेका घरपरिवारलाई प्रकृति हेरी ५ सय देखि २ हजार राहत दिनुका साथै पहिरोकै कारण ज्यान गुमाएका आफन्तलाई प्रकृति हेरी ५ देखि १० हजार सम्म राहत दिने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित