सामूहिक बलात्कार मुद्दाका दोषी १२ वर्षपछि पक्राउ

7
SHARES
15
VIEWS

इलाम । जबर्जस्ती करणी मुद्दामा दोषी प्रमाणित भएका दुई जना १२ वर्षपछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय इलामले चुलाचुली–३ का ३० वर्षीय मिलन भनिने अनिश राई र ३१ वर्षीय जितकुमार भनिने निश्चल राईलाई पक्राउ गरेको हो।

फैसला कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने अभियानअन्तर्गत अदालतबाट दोषी प्रमाणित भई फरार रहेका दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार जिल्ला अदालत इलामले ११ फागुन २०६७ मा दुवै जनालाई ११ वर्ष एक महिना १५ दिन कैद र जनही रु.२१ हजार जरिवाना हुने फैसला गरेको थियो।

उनीहरुलाई जिल्ला अदालतमा पेश गरिएपछि सोमबार कैद भुक्तानका लागि इलाम कारागार पठाइएको प्रहरीले जनाएको छ। उनीहरुले २०६४ सालमा झापाको साधुहोली जङ्गलमा एक युवतीलाई सामूहिकरूपमा जबर्जस्ती करणी गरेका थिए।

उक्त घटनाका एक जना दोषी हाल जिल्ला कारागार इलाममा कैद भुक्तान गरिरहेका छन्। अर्का एक जना अझै फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित