राेल्पामा दुई महिला अफिमसहित पक्राउ

7
SHARES
15
VIEWS

राेल्पा । रोल्पाको थवाङ गाउँपालिका–२ बाट अफिमसहित दुईजना महिलालाई प्रहरीले पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा थवाङ–२ ठूलोगाउँ घर भएका ३६ वर्षीया बिना ज्योति रोका र ४५ वर्षीया मुली झाक्री रहेका छन्।

प्रहरी निरीक्षक शंकर खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले सोमबार उनीहरूलाई थवाङको छेर्लावाङबाट पक्राउ गरेको जनाइएकाे छ।

बिना ज्योति र मुलीको साथबाट ९ किलो ८२ ग्राम लागुऔषध अफिम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

बिना ज्योति रोकाले बोकेको बुट्टेदार साईड ब्यागबाट ४ किलो ९३५ ग्राम र मुली झाक्रीले बोकेको रातो साइड ब्यागबाट ४ किलो ८८५ ग्राम लागुऔषध बरामद गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित