पहिरोमा परि एकै परिवारका नौ सहित १० जनाको मृत्यु

7
SHARES
15
VIEWS

स्याङ्जा । दुई स्थानमा गएको पहिरोमा परेर एकै परिवारका नौ सहित १० जनाको मृत्यु भएको छ। वालिङ नगरपालिका–१४ मा नौ र कालीगण्डकी गाउँपालिका–४ मा एक जनाको पहिरोमा परेर मृत्यु भएको हो।

स्याङ्जाका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले वालिङ नगरपालिका–१४ तमादीमा बिहान ६ बजे पहिरोले माया नेपालीको घर पुरिँदा उनीसहित उनका परिवारका नौ जनाको मृत्यु भएको हिमालखबरलाई बताए।

पहिरोले १० जनालाई पुरेकोमा १६ वर्षीया मनिषा नेपाली भने घाइते भएकी छन्। घाइते मनिषालाई वालिङ अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरास्थित् गण्डकी मेडिकल कलेज रेफर गरिएको प्रहरीले जनाएको छ।

घरमाथिबाट आएको पहिरोमा परेर ४८ वर्षीया माया नेपाली, ६० वर्षीया सानी नेपाली, २८ वर्षीया उमाकला नेपाली, १४ वर्षीय विक्रम नेपाली, २१ वर्षीय कुलदीप नेपाली, १६ वर्षीया विनिता नेपाली, ३० वर्षीय दीपक नेपाली, ९ वर्षीय विवश नेपाली र एकजना सात महीनाका शिशुको मृत्यु भएको हो। शिशु मायाका छोरातर्फका नाति हुन्।

उनीहरूको शव पोस्टमार्टमका लागि वालिङ अस्पतालमा राखिएको एसपी बोगटीले बताए। मृतकमध्ये उमाकला बहीनी मायाकोमा पाहुना लाग्न आउँदा पहिरोमा परेकी थिइन्।

यस्तै, गएराति २ बजे आएको पहिरोमा परेर कालीगण्डकी गाउँपालिका–४ का १६ वर्षीया विष्णु दमाईको मृत्यु भएको थियो। उनको शव बिहानै निकालिसकिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित