५८ वर्ष पछि हुम्लामा सिमा स्तम्भ भेटियो

7
SHARES
15
VIEWS

हुम्ला ।  नाम्खा गाउँपालिका–६ टाकुलेमा नेपाल–चीनबीचको ११ नम्बर सीमास्तम्भ भेटिएको छ ।

उक्त सीमास्तम्भ ५८ वर्षपछि भेटिएको नाम्खाका अध्यक्ष विष्णुबहादुर तामाङले जानकारी दिएका छन् । उनका अनुसार हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीले बुधबार उक्त सीमास्तभ फेला पारेको हो ।

हिल्साभन्दा करिब ५ हजार २०० मिटर उचाइमा भेटिएको उक्त सीमास्तम्भ सुरक्षाकर्मीले माटो र हिउँ पन्छाएर निकालेका हुन् । नाम्खाको लोलुङजोङ क्षेत्रमा चीनले निर्माण गरेको भवनको विषयमा हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोली स्थलगत अध्ययन गर्न गएको थियो ।

लोलुङजोङमा चिनियाँ अधिकारीसँगको वार्ता सकिएपछि प्रजिअ गिरी नेतृत्वको टोली त्यहाँबाट हिल्सा पुगेको थियो । सोही क्रममा उक्त सीमास्तम्भ भेटिएको हो ।

प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षाकर्मीको टोली अझै सीमा क्षेत्रबाट नफर्किएको बताइएको छ ।

उक्त क्षेत्रमा सीमास्तम्भ भेटिए पनि चीनले भौतिक संरचना निर्माण गरेको भूमि नेपालको हो वा चीनको अझै पत्ता लाग्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित