खयरकोटका वालवालिकाले झोला पाउदा दंग

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको खयरकोटका वालवालिकाले झोला लगाएतका शैक्षिक समाग्रि पाएपछि खुशिले गदगद भएका छन । स्थानिय अभिभावकहरुको उपस्थितिमा विहबार शैक्षिक सामाग्रि वितरण गरिएको छ ।

किर्डाक नेपाल कालीकेटको सहयोगमा पचालझरना गाउँ पालिका वडा न.२ खयरकोटमा रहेको कालिका मा विका ८७ जना छात्र छात्रालाई झोला तथा कपि कलमहरु वितरण गरिएको छ । वडा न. २का वडाध्यक्ष करविर विकको उपस्थितिमा कक्षा १ देखि ३ सम्मका वालवालिकालाई शैक्षिक सामाग्रि वितरण गरिएको प्रधानध्यापक परेक कठायतले बताउनु भएको छ ।

वहाँका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,शिक्षक अभिभावक संघका अध्यक्ष तथा अभिभावकहरुको उपस्थितिमा शैक्षिक सामाग्रि वितरण गरिएको हो ।
किर्डाक नेपाल कालीकोटले जिल्लाका विभिन्न विद्यालयमा कोरोनाका कारण अध्ययन गर्न बञ्चित भएका वालवालिकाहरुलाई विद्यालय संचालनको शुरुवातमा शैक्षिक सामाग्रि पाउदा खुशियालि छाएको छ ।

यस अघि पचाझरनाको ज्ञानोदय मावि राम्नाकोटका १ सय १६ जना वालवालिकालाई शैक्षिक सामाग्रि वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित