वाढिपहिरो पिडितलाई हिमचुलि द्धारा आर्थिक सहयोग

7
SHARES
15
VIEWS

कालीकोट । गएको साउनमा आएको बाढिपहिरोबाट महावैको नकुमा मृत्यु भएका परिवारलाई हिमचुलि कृषि सहकारी संस्था लि.ले शुक्रवार राहत प्रदान गरेको छ ।

महावै गाउँ पालिकाको वडा न.३ नकुका दुई घरपरिवारका ६ जना वालवालिकाको घर भित्र सुतेको अवस्थामा साउन २९ गतेको पहिरोबाट रज बहादुर विष्टको दुइ छोरा दुई छोरी र डिल बहादुर विष्टका दुई छोरीको ज्यान गएको थियो । हिमचुलि कृषि सहकारी संस्था लि.सेवा कार्यालय पादमघाटले मृतक परिवारका अभिभावक आफन्त रज बहादुर विष्ट र राजपुरा विष्टलाई रु ५ हजारका दरले दुई जनालाई १० हजार राहत प्रदान गरिएको छ ।

हिमचुलि कृषि सहकारी संस्था लि.को विपद व्यवस्थापन समितिको निणर्य अनुसार सदस्य र सदस्यका आफन्तको ज्यान गएपछि पाउने सेवा सुविधा अन्तरगत राहत प्रदान गरिएको पादमघाट सेवा कार्यालय व्यवस्थापक चन्दमणि आचार्यले बताउनु भएको छ ।
हिमचुलि कृषि सहकारी संस्था लि.का जिल्ला भर बाढिपहिरो बाट मृत्यु भएका नरहरिनाथ गाउँ पालिकाका २ जना,रास्कोटका १ जना र महावैका सदस्यका ६ वालवालिकाले ज्यान गुमाएका थिए ।

साउन महिनाको पहिलो साता आएको बाढि पहिरोबाट कालीकोट जिल्लामा ५१ जनाले ज्यान गुमाई सकेका छन भने दुई दर्जन बढि घाइते भएका थिए भने ५ सय बढि घरहरुमा क्षति पुगेको थियो ।

बाढिपहिरोबाट ज्यान गुमाएका परिवारलाई कर्नालि प्रदेश सरकारले २ लाख रकम सहयोग गरिसकेको छ भने संघिय सरकारले २ लाख राहत दिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित