एसिड आक्रमण गर्नेलाई २० वर्ष कैद र १० लाख जरीवाना

7
SHARES
15
VIEWS

काठमाडौं । समाजमा एसिड आक्रमणको जघन्य आपराधिक घटना बढ्दै गएपछि सरकारले अध्यादेशमार्फत कडा सजायको व्यवस्था गर्ने भएको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश पास गरेको छ । राष्ट्रपतिबाट यो अध्यादेश प्रमाणीकरण भएपछि कानूनका रुपमा कार्यान्वयनमा आउने छ ।

सरकारले फौजदारी अपराध संहिताको दफा १९२ र १९३ संशोधन गरी तेजाब फ्याँके, छर्किए, खन्याए वा प्रयोग गरी वा सेवन गराएर अङ्गभङ्ग र शारीरिक क्षति पुर्‍याउने व्यक्तिलाई २० वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरीवाना निर्धारण गरेको छ ।

यो सजाय एकदिन पनि माफी–मिनाहा नहुने र पूरै अवधि जेल बस्नुपर्ने प्रावधान राखिएको छ । तेजाव आक्रमणका दोषीलाई कारबाही, पीडितको सम्पूर्ण उपचार, शिक्षा र जीविकाको प्रबन्ध गर्ने गरी कानूनी व्यवस्था गर्ने प्रावधान समेटेर फौजदारी अपराध संहिताका दफा संशोधन गरिएको सरकारले जनाएको छ ।

आँखा, कान, नाक, मुख, अनुहार महिला भए स्तन र यौनाङ्गमा भएको क्षतिअनुसार १० देखि २० वा पूरै २० वर्षको कैद सजायको व्यवस्था नयाँ कानूनमा गरिएको छ । एसिड आक्रमण गर्दा सम्बन्धित व्यक्तिलाई नलागेमा पनि ‘तेजाब आक्रमण गरी अंगभंग गर्ने उद्योग’मा मुद्दा चलाउन सकिने तथा कसुर प्रमाणित भएमा १० वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित