पानीमा डुबेर ४ जनाको मृत्यु

7
SHARES
15
VIEWS

काठमाडौं/बैशाख, संखुवासभा, सभापोखरी गाउँपालिका–२ माथिल्लो धुपु बस्ने ३२ वर्षीय चन्द्र कुमारी राई सोही गाउँपालिका–१ स्थित सादीबेसीस्थित दिब्यश्वरी हाईड्रो पावरको पानी जमाउने पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा आइतबार दिउँसो फेला परेकी छन् ।

घरबाट कोही कसैलाई नसोधी हिडेकी उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त हाईड्रो पावरको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेकी हुन् ।

धनुषा, शहिदनगर नगरपालिका–५ विर्ता मौलियास्थित बाघेश्वरी सार्वजानिक पोखरीमा नुहाउने क्रममा डुबेर नगराईन नगरपालिका–५ बस्ने १४ वर्षीय सुभाष मुखियाको आइतबार बिहान मृत्यु भएको छ ।

यसगरी धनुषा, सबैला नगरपालिका–५ मखनाहा बस्ने सरोज यादवको ५ वर्षीय छोरा आनन्द यादवको सोही ठाउँस्थित पोखरीमा खेल्ने क्रममा डुबेर आइतबार साँझ मृत्यु भएको छ ।

धनकुटा, धनकुटा नगरपालिका–१ जौटार बस्ने राजिप तुतुङकी १८ महिनाकी छोरी सिर्जना तितुङको आफ्नै घरमा पानीको ड्रममा खेल्ने क्रममा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।

कञ्चनपुर, बेदकोट नगरपालिका–७ बस्ने ४० वर्षीय राजेश सार्की नहरको कलभटको पानीमा आइतबार राति मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित