हिमचुलि सहकारी संस्थाका सदस्यहरुलाई भारी व्याजदर छुट

7
SHARES
15
VIEWS

कालीकोट । हिमचुलि कृषि सहकारी संस्थाले सदस्यहरुलाई भारी व्याजदर छुट दिएको छ ।

कोभिड १९का कारण व्यवसायमा ठुलो क्षति व्यहोर्नु परेका सदस्यहरुलाई विभागले जारी गरेको व्याजदर भन्दा सहुलिएत व्याजदरमा कर्जा प्रवाह गर्न शुरु गरेको छ । संस्थाको असोज पहिलो साता बसेको संचलक समितिको बैठकले कृषि कर्जामा एक वर्ष सम्म व्याज मात्र बुझाए पुग्ने गरी भेडा बाख्रा तथा कुखुरा पालनमा १४ प्रतिशत व्याज कायम गरेको छ भने यस अघि व्यवसाय गर्दै आएका सदस्यहरुलाइै पुनर कर्जा दिने समेत भएको बताइएको छ ।

संस्थाका सचिव सरोज बोगटीका अनुसार सहकारी विभागले तोकेको व्याजदर १४ दशमलव ७५ छ भने हिमचुलि कृषि सहकारी संस्था लि.ले सदस्यहरुको व्यवसायलाई हितमा राखेर १४ प्रतिशत कायम गरेको बताउनु भयो ।

संस्थाले कालीकोट जिल्लाका ९ वटै स्थानिय तहमा सेवा कार्यालय स्थापना गरी कृषि व्यवसाय तथा तालिम शिक्षाका कार्यक्रम गर्दै आएको छ । संस्थामा रहेका ११ हजार ५ सय २८ जना सदस्यहरुमा २२ करोड कर्जा प्रवाह गरेको छ भने १२ करोड बढि बचत संकलन गर्दै आएको जनाइएको छ ।
पछिल्लो समयमा कोरोनाका कारण कयौं सदस्यहरुले व्यवसायमा धरासायि आएको र किस्ता तिन कठिन भएको आवाज आएपछि आफुहरुले व्याजदरमा छुट दिएको संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले बताउनु भयो । वहाँले भन्नु भयो अहिले सम्म यति छुट दिने सहकारी संस्था भन्दा पनि लघुवित्त संस्थाहरु कोही नभएको जिकिर गर्नु भएको छ ।

जिल्ला भर दुइृ दर्जन बढि वित्तिय संस्था र एक दर्जन बैंकहरुले समेत व्याजदरमा कोरोनाका कारण लक डाउन भएको अवधि अषाढ मसान्त सम्म छुट दिए पनि पछिल्लो समय व्याजदरमा छुट कसैले नदिएको बताइएको छ ।

संस्थाका सदस्यहरुमा युवा कर्जाको व्याजदर १० प्रतिशत कायम गरिएको छ भने कृषि कर्जामा १४ प्रतिशत रहेको हिमचुलि कृषि सहकारी संस्थामा यस अघि लिएको व्याजदरमा भने २ प्रतिशत छुट दिने निति बनाइएको संस्थाले जनाएको छ ।

व्याजदरमा छुट दिएपछि सदस्यहरुमा उत्साह थपिएको छ ।

हिमचुलि कृषि सहकारी संस्था कालीकोट ठुलो र व्यवसायि सहकारी संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित