बलात्कार विरुद्ध काठमाडौंमा प्रदर्शन

7
SHARES
15
VIEWS

काठमाडौं । बझाङमा भएको १२ वर्षीया बालिकाको बलात्कारपछि हत्याको घटनाको विरोधमा काठमाडौंको माइतीघर मण्डलमा विरोध प्रदर्शन भएको छ। ७ असोजमा बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

गाईवस्तुलाई गोठमा घाँस हाल्न गएकी ती बालिका नजिकैको शिव मन्दिरमा मृत अवस्थामा भेटिएकी थिइन्। केही दिनअघि मात्रै अर्को बलात्कारकै घटनामा १८ वर्षीय युवक संलग्न भएको र मिलापत्र गरिएको घटना समेत प्रहरीले सार्वजनिक गरेको छ।

सोही घटनाको विरोध गर्दै माइतीघरमा प्रदर्शन भएको छ। प्रदर्शनकारीले दुई वर्षअघि कञ्चनपुरमा बलात्कारपछि हत्या भएकी निर्मला पन्तका हत्यारालाई समेत पक्राउ गर्नुपर्ने माग राखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित