सिलाई कटाइमा युवा युवतिको आकर्षण बढ्दो

7
SHARES
15
VIEWS

कालीकोट ।कुनै जमानामा सिलाई कटाईको काम केवल दर्जिहरुले मात्र गर्ने हो अरुले गर्दा सोही दर्जामा भइन्छ कि भन्ने सोच पछिल्लो समयमा हटेको छ ।

सिलाई कटाई व्यवसाय शुरु गर्दा दमाई दाईको खवर के छ भनेर गाउँलेहरुले गिज्याएरु बोलाउदा आफैलाई नरमाईलो लाग्ने नरहरिनाथका जनक पछिल्लो समय आम्दानिको प्रमुख श्रोत नै सिलाइ कटाइबाट हुने गरेको बताउछन । उनले भने सबैको हेपाई हेर्दा सिलाई कटाई गर्न छोडिदिउं की भन्ने सोचमा रहेका उनि अहिले सफल व्यवसायि तथा सिलाइकटाइको काम गर्न दख्खल भएका छन ।
आफुले कसैबाट तालिम समेत नलिई ५ वर्ष अघि बर्दियामा बस्दै आएका आफ्नै दाई नाता पर्ने रज महताराले सिलाई कटाई गर्नु पर्छ भनेर सिप सेकेका बताउदै नवजिवन फेन्सि पसलमा सिलाई कटाई सिकेर भारतको दिल्लिमा थप सिलाई गर्दै गांउमा सिलाई कटाई शुरु गरेको बताए । उनले आफैले लगानि गरेर ५० हजार रकमले गांउमा सिलाई कटाई र कपडा पसल शुरु गरेका छन ।

स्तरिय सिलाई गरेको देख्दा हिजोको गिज्याउन खोज्नेहरु अहिले आफै लजाएको महसुस गर्न थालेका छन । सिलाई कटाई गर्दा आफुलाई विदेशमा गएर आठ घण्टा डिउटी गरेर पसिना बगाएको भन्दा स्वदेशमा बसेर मासिक रुपमा १५,२० हजार सम्मको कमाई हुने गरेको जनक महताराको भनाई छ । घरमा कपडा पसल संगै खुद्रा सामान राखेको जनकले साविकको कुमालगाउं गाविसका युवा युवतिहरुका लागि आफु उदाहरणिय बन्न सफल भएको ठम्याइ गरेका उनले अहिले कपडा सिलाउन भ्याइ नभ्याई हुने गरेको बताए ।
तीन वटा सिलाई मेसिन रहेका महताराले आफ्नो परिवारलाई समेत सिकाउदै आउनु भएको छ । कक्षा आठ सम्म अध्यायन गरेका महतारा सिलाई कटाई सिक्नु भन्दा पहिले रोजगारीका लागि नेपालि सेना,नेपाल प्रहरी लगाएतका ठांउमा दौड धुप गर्दै खाडी जाने तयारीमा रहेको भएपनि सबैलाई हटाएर गांउमा केही गर्नु पर्छ भन्ने भावना जागेपछि आफुले सिलाई कटाई गर्ने निधोमा पुगेको बताए ।

सहकारीको समुहमा बसेर कर्जा लिने र दैनिक तथा मासिक रुपमा बचत गर्नुका साथै व्यवसायका लागि कर्जा समेत लिएर व्यवसायमा बढाएको छु । अहिले सम्म कुनै पनि निकायको सहयोग नपाएको उनको गुनासो रहेको छ ।
गांउमा गैर दलितले समेत सिलाई कटाई गर्ने थाले पछि पुस्तौ देखि सिलाई कटाई गर्दै आएका दर्जिहरुले आफ्नो हिस्सा खोसिएको महसुस गर्ने गरेको महताराको भनाई रहेको छ ।

जिल्ला सदरमुकाम तथा ग्रामिण क्षेत्रमा युवायुवतिहरुले सिप भनेको सिलाई कटाई हो भन्ने भान हुन थालेको छ । महिला समुह तथा सहकारीका माध्यमबाट सिलाई कटाइको सिप सिकाउन थालेको पाइन्छ । त्यति मात्र नभइ स्थानिय तहहरुलाई महिलाको आय आर्जनका लागि सिलाई कटाइ तालिम संचालन गर्ने गरिएको छ ।
पछिल्लो समयमा ग्रामिण क्षेत्रमा विभिन्न सरकारी तथा गैर सरकारी निकायबाट युवा युवतिहरुलाई शसक्तिकरण गर्ने अभियानमा विभिन्न सिप सिकाउने क्रममा चलिरहेको छ । अहिले सिप सिक्ने अधिकांस महिलाहरु सिलाई कटाई गर्दै आत्मनिर्भर बन्न सफल भएकी छन ।

सदरमुकाममा सिलाइ कटाइ गर्दै आएकी तोविना ऐडी,रास्कोट कि मेनका शाही,सुर्खेत निवासि मन्जु चौधरी लगाएतका महिलारुले सिलाई कटाईबाट कमाइ संग सिप विकासको लागि भुमिका निर्वाह गर्दै आएकी छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित