रास्कोटमा कोभिड १९ आपतकालीन सहयोग कार्यक्रमको अनुगमन

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिकामा कोभिड १९ ले निम्त्याएको समस्यालाइ मध्यनजर गर्दै निर्माण गरिएका भौतिक सरचना तथा सामाग्रीको अनुगमन गरिएको छ । रास्कोट नगरपालिकाका प्रमुख ,उपप्रमुख तथा शिक्षा संयोजक लगायतको उपस्थितिमा बिद्यालय तथा सार्वजनिक क्षेत्रमा निर्माण गरिएका सामाग्रीको अनुगमन भएको बताइएको छ ।

सोमबार एक कार्यक्रमका बिच जनप्रतिनिधिहरुका बिच अनुगमन गरिएको किर्डाक नेपाल कालीकोटका शिक्षा परियोजना संयोजक वीर तिरुवाले बताउनु भएको छ ।

रास्कोट नगरपालिकामा युनिसेफ नेपाल र प्लान नेपाल मार्फत बाढी पहिरो पिडितलाइ सहयोग गरिएको र सरसफाइ क्षेत्रमा काम गर्दै आएको बताएको छ ।

अहिले किर्डाक नेपाल मार्फत बिद्यालय तथा नगरपालिकाका भवनमा हात धुने धारा सहितको ट्यान्की ब्यबस्थापन गरिएको बताएको छ ।

नगरपालिकाका प्रत्येक वडामा गएर अनुगमन गरिएको र कोभिडका कारण सरसफाइमा ध्यान दिदै हात धुने धारा लगाएतका सामाग्री दिनु र सार्वजनिक स्थानमा ब्यबस्थापन गरेकोमा नगर प्रमुख काशी चन्द्र बरालले प्लान नेपाल र युनिसेफ र किर्डाक नेपाललाइ धन्यवाद दिइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित