गाल्जेमा जिप दुर्घटना चालकको मृत्यु

7
SHARES
15
VIEWS

कालीकोट । सुर्खेत देखि जुम्ला जाँदै गरेको लु २ च २४१२ नम्बरको जिप दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।

कुखुरा बोकेर जुम्ला जाने क्रममा तिला गुफा नगरपालिकाको वडा नम्बर ५ को खल्लामा मङ्गलबार  दुर्घटना हुदा सुर्खेत भेरीगङ्गा नगरपालिका १२  निवासी चालक २८ वर्षका कर्ण बहादुर खड्काको मृत्यु भएको बताइएको छ ।

करिब  सडक भन्दा २० मिटर तल खसेको जिपमा रहेको सहचालक भेरिगङ्गा नगरपालिका निवासी दिपक डाङ्गी हाम फालेर बचेको र सामान्य घाइते रहेको  प्रहरी चौकि खल्लाका प्रमुख लालमणी नाथले बताउनु भएको छ ।

मृतक खड्का जिप भित्र च्यापिएर मृत्यु भएको बताइएको छ । स्थानीय र प्रहरीले उद्दार गरेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित