रास्कोटको कोलिगाउँमा एक घर एक धारा निर्माण

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिकाले सम्पूर्ण नगरवासिलाई स्वच्छ खानेपानिमा पहुंच बृद्धि गर्ने अभियानले निरन्तता पाएको छ ।

आज रास्कोट नगरपालिकाको वडा न.३को कोलिगाउँ वस्तिका ४५ घरधुरीमा मिटर सहितका एक घर एक धारा निर्माण भएका छन ।

रास्कोट नगरपालिकाका उपप्रमुख मिमसरा बम शाहीले उद्घाटन गर्दै नगरपालिकाका सबै नागरिकहरुलाई स्वच्छ खानेपानिको पहुंचमा ल्याउने नगरसकारको योजना यसै वर्ष सम्पन्न हुने बताउनु भएको छ । गएको वर्ष युनिसेफ नेपालको र रास्कोट नगरपालिकाको सहयोग तथा समन्वयमा नगरपालिकाका ६ सय घरधुरीमा धारा जडान भएको र चालु वर्षमा २ हजार घरधुरीमा खानेपानिका धारा जडान गर्ने रास्कोट नगरपालिकाले लिएको छ ।

जिल्लाका सबै स्थानिय तहहरुमा एक घर एक धाराको अभियान चले संगै रास्कोटमा खानेपानिमा बृहत खानेपानि आयोजना संचालन भएको र नगरपालिका भित्रका कुनैपनि समुदाय खानेपानिको पहुंच भन्दा बाहिर नहुने रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित