रास्कोटमा युवा स्वरोजगार कर्जाबाट नविन बने सफल व्यवसायि

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिकाले युवाहरुलाई लक्षित गरी संचालनमा ल्याएको युवा स्वरोजगार कर्जाबाट नगरपालिकाका युवाहरुले व्यवसाय शुरु गरेर मनग्गे आम्दानि गर्न थालेका छन ।

त्यसको एक उदाहरणका रुपमा लिन सकिने रास्कोट नगरपालिका ७ निवासि नविन बम हुन । उनले आफुले खुद्रा व्यवसाय गर्दै आएको भएपनि त्यसको ठाउँमा रास्कोटको आरसिपि बजारमा चाउमिन उद्योग संचालन गरेर राम्रो कमाई गर्न थालेका छन । पहिले चाउमिनबाट आम्दानि हुंदैन कि भन्ने सोचाईमा रहेका नविन अहिले बजारको माग अनुसार पुगाउन कठिन भएको बताउछन ।

आफुले १ लाख हिमचुलि कृषि सहकारी संस्थाबाट युवा स्वरोजगार कर्जा रु २ लाख लिइ शुरु गरेको व्यवसाय अहिले राम्रो संग चलेको र बजारमा चाउमिन पुगाउन नसकेको उनको भनाई छ । दुवै परिवारले चाउमिन उद्योग र कुखुरा पालनको काम गरेर महिनामा१० देखि २० हजार सम्म कमाई गरेको बताएका छन । उनले भने आफुले चाउमिन उत्पादनमा लाग्ने र माग अनुसार घरदैलोमा पुगाउने गरेको बताउने नविनको परिवार दिपा भने कुखुराको मासु विक्रि गर्ने गरेको बताए । पछिल्लो समय रास्कोट नगरपालिकाको आरसिपि बजारका साथै सिपखाना,फुकोट सम्म चाउमिन लिने गरेका छन ।

उनि संगै रास्कोट नथगरपालिकाका दर्जनौ युवाहरुले स्वरोजगार कर्जा लिएर व्यवसाय शुरु गरेको हिमचुलि कृषि सहकारी संस्था लि.का रास्कोट सेवा कार्यालय व्यवस्थापक मनिका बोहराले बताएकी छन । उनका अनुसार रास्कोट नगपालिकाले खडा गरेको युवा स्वराजेगार कर्जाको व्याजदर पनि सस्तो र मासिक रुपमा तिर्न पनि सस्तो भएकाले युवा उद्यमिहरुका लागि फाइदा पुगेको बताइन ।

रास्कोट नगरपालिकाले दुइ वर्ष अघि युवालाई उद्यमि बनाउन ३० लाख बजेटमा युवा स्वरोजगार कर्जाको व्यवस्थापन गरेको थियो ।

अहिले सो कर्जा बाट ४० जना युवाहरुले कर्जा लिएर विभिन्न आय मुलक व्यवसाय शुरु गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित