पार्टी भातृ संगठनको केन्द्रिय संयोजकमा कालीकोटका दुई हस्ती

7
SHARES
15
VIEWS

कालीकोट । बिगतको इतिहासलाइ कोट्याउने भने कुनै पनि राजनैतिक दलको उच्च तहमा पुगेका साबिकको कर्नालि अञ्चलबाट कमै नेताहरु पर्छन ।

स साना दलको बाहेक ठुला दलमाा कर्नालिका नेताहरुले केन्द्रिय नेतृत्व को जिम्मा पाएका छैनन । तत्कालीन नेकपा एमाले,नेकपा माओबादी र नेपाली काङ्ग्रेसबाट केन्द्रिय पदाधिकारी भित्र अटाउन कठिन हुने कर्नालीमा  पाार्टीको भातृ संगठनमा भने दुई राजनैतिक दलका भातृ संगठनको केन्द्रिय तहको जिम्मेवारी पाउन सफल भएका छ्न ।

जस मध्येका कालीकोट जिल्लाको रास्कोट निवासी मीन बहादुर शाही र पचालझरना निवासी मोतिराज बमले भातृ संगठनको जिम्मेवारी पाएका हुन । रास्कोट निवासी मीन बहादुर शाही नेपाल कम्युनिस्ट (नेकपा)को मानवअधिकार तथा सामाजिक अभियानको केन्द्रिय संयोजक मनोनयन भएका छन भने पचालझरना निवाशी मोतिराज बम नेपाली काङ्ग्रेसको निति अनुसन्धान तथा प्रशिक्षण प्रतीस्ठान को केन्द्रिय संयोजकमा मनोनयन भएका हुन ।
मीन बहादुर शाही गैरसरकारी सस्था किर्डाक नेपालका निर्देशक छ्न भने काठमाडौमा बस्दै आएका छ्न । उनी प्रधानमन्त्री केपि वलि निकट नजिकका बिश्वास पात्र हुन  । नेपाली काङ्ग्रेसका महा समिती सद्स्य समेत रहेका मोतिराज बम शेर बहादुर देउबाका नजिकका बिश्वास पात्र हुन । उनि लामो समय काठमाडौ बस्दै आएका थिय ।
बम पछिल्लो समय जिल्ला स्तरमा राजनैतिक गर्ने सोचका साथ ग्रामीण गतिविधिमा सक्रिय रहेका छ्न ।  कालीकोट बाट पार्टी सभापतिका लागि दाबेदार मानिएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित