कालीकोटमा थप ४ जना, कोरोना संक्रमितको संख्या १सय १४ पुग्यो

7
SHARES
15
VIEWS

कालीकोट । कोरोना मुक्त भएको कालीकोटमा पछिल्लो २४ घण्टामा  ४ जना थप भए सङ्गै संक्रमितको संख्या १सय १४ पुगेको छ । तिलागुफा नगरपालिकाको चिल्खायामा ४ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यलय कालीकोटले जनाएको छ ।

यस अघि जिल्ला अस्पतालका १० जना स्वास्थ्य कर्मिमा संक्रमण देखिएको  र शनिबार मात्र थप ४ जनामा देखिएको जिल्ला स्वास्थ्य कार्यलय  कालीकोटका निमित्त स्वस्थ्य सेवा ब्यबस्थापक कटक महतले जानकारी दिनु भएको छ । वहाँका अनुसार हाल सम्म जिल्लामा ५ हजार ७ सय ९६ जनाको पिसिआर परिक्षण गरिएको छ भने २ हजार ८ सय २१ जनाको आरडिटि परिक्षण गरेकोमा १ सय १४ जनामा संक्रमण देखिएको बताइएको छ ।

जस मध्ये १०० जना निको भएर घर फर्किएका छन भने १४ जना आइसोलेसनमा रहेको महतले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित