सुडानको विद्रोही समूह र सरकारबीच शान्ति सम्झौतामा हस्ताक्षर

7
SHARES
15
VIEWS

सुडान। सुडानको सरकार तथा विद्रोही समूहबीच शनिबार शान्ति सम्झौतामा हस्ताक्षर भएको छ ।

सरकार र विद्रोहीबीच करिब १ वर्षदेखि शान्तिका लागि वार्ताहरू हुँदै आएका थिए । त्यहाँ दशकौंदेखि भइरहेको युद्धलाई यो सम्झौताले विराम लगाएको छ ।

विद्रोही र सरकारी प्रतिनिधि दक्षिणी सुडानको राजधानी जुबामा भेला भएर सो सम्झौतामा हस्ताक्षर गरिएको विदेशी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

सुडानमा लामो समयदेखि शासन गर्दै आएका आमार अल–बसीरलाई पदबाट हटाएपछि विगत एक वर्षदेखि संक्रमणकालीन सरकार रहेको थियो । उक्त सरकारको प्रमुख कार्य विद्रोहीलाई राजनीतिको मुख्य धारमा ल्याई द्वन्द्वको अन्त्यका लागि सम्झौता गर्नु रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित