कालीकोट । जिल्ला कृषि बिकास कार्यलय र पशु अस्पताल तथा पशु सेवा कार्यलयले आर्थिक वर्ष २०७६/२०७७मा गरेका कार्यक्रमको कर्नाली प्रदेश सरकार भुमी ब्यबस्था,कृषी तथा सहकारी मन्त्री बिमला केसिको उपस्थितिमा र्वार्षिक समिक्षा तथा सार्बजनिकरण कार्यक्रम शुरु भएको छ ।
जिल्ला समन्वय समितिको सभाहलमा शुरु भएको कार्यक्रममा पशु अस्पताल तथा पशु सेवा कार्यलय र जिल्ला कृषि बिकास कार्यलय कालीकोटका कार्यलयका प्रमुखहरुले आ आफ्ना कार्यलयका प्रगति प्रस्तुत गर्ने कार्यक्रम रहेको बताइएको छ ।
यस अघि रास्कोटमा बिकास निर्माणका कामको अनुगमन गरेर फर्किएकी कृषि मन्त्री बिमला केसिले जिल्लाका अन्य स्थानीय तहमा सम्बन्धित मन्त्रालय बाट भएका कार्यक्रमहरुको अनुगमन गर्ने योजना रहेको बताइएको छ ।
Discussion about this post