समयमै काम सम्पन्न गरी जनतालाई सेवा दिनु –कृषि मन्त्रि के सी

7
SHARES
15
VIEWS

कालीकोट । कर्नालि प्रदेश सरकारका प्रवक्ता तथा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रि विमला केसीले समयमा काम सम्पन्न गरी जनतालाई प्रभावकारी सेवा दिनु पर्ने बताउनु भएको छ ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय र जिल्ला कृषि विकास कार्यालय कालीकोटले आयोजना गरेको समिक्षा तथा सार्वजनिकरण कार्यक्रममा बोल्दै मन्त्रि के सीले कृषि विकास कार्यालयका केही सिमा समस्या भएको औल्याउदै सुधार गर्नु पर्नेमा जोड दिनु भएको छ । कालीकोट जिल्ला समन्वय समितिको सभाहलमा भएको  कार्यक्रममा बोल्दै अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७६।०७७मा काम केही सुधार भएको भएपनि चालु वर्षमा पनि समयमै काम सम्पन्न गर्ने गरी सुचारु गर्न अनुरोध गर्नु भएको हो ।

दुवै कार्यालयको सयुक्त वार्षिक समिक्षा तथा सावजनिकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्लामा आर्थिक वर्ष २०७६र ०७७मा भए गरेका कार्यक्रम र चालु वर्षमा गरिने कार्यक्रमको सार्वजनिकरण गरिएको छ ।

कर्नालि प्रदेश सरकारका प्रवक्ता तथा भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रि विमला केसीको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा आर्थिक वर्ष २०७६ र ०७७मा भए गरेका विकास निर्माणका कामका साथै कृषि र पशुपालन सम्बन्धि कामको प्रगति विवरण पेश गरिएको थियो ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख भरत बस्नेत र पशु अस्पताल तथा पशु सेवा कार्यालय कालीकोटका प्रमुख प्रचण्ड खड्काले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कालीकोट जिल्लामा स्विकृत बजेट अनुसार कार्यक्रम सम्पन्न भएको बताइएको छ भने चालु आर्थिक वर्षमा जिल्ला कृषि विकास कार्यालयको ८ करोड ९६ लाख बजेट रहेको र पशु अस्पताल तथा पशु सेवा कार्यालय कालीकोटको २ करोड ७९ लाख बजेट रहेको समेत जानकारी गराइएको छ ।

समिक्षा कार्यक्रममा सहभागिहरुले कृषि विकास कार्यालयले जिल्लाको पलांतामा मह कार्यक्रम,सान्नित्रिवेणिको टाउट माछा पालन लगाएतका कार्यक्रममा व्यापक भष्टाचार भएको आरोप लगाएका छन । सहभागिहरुले जिल्लामा भष्टाचार मौलाएकै कृषि विकास कार्यालय काम कार्वाहीमा छनोट प्रक्रिया देखि काम शुरुवातको चरणमा व्यापक कमिशन हुने गरेको बताएका छन ।

कार्यक्रममा संघिय सांसद दुर्ग बहादुर रावतले जनतालाई सेवा दिन आएका कर्मचारीबाट विकास निर्माणमा अनियमितता हुनुमा कर्मचारी सजग हुनु पर्ने बताउनु भयो भने कर्नालि प्रदेश सांसद कुर्मराज शाहीले जति बजेट छ सोही अनुसारको काम नभएको बताउदै आगामी दिनमा सचेत हुनु पर्नेमा सुझाव दिनु भएको छ ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख अनिपाल शाही लगाएत जिल्ला स्थित स्थानिय तहका प्रमुखहरुको उपस्थितिमा उक्त कार्यक्रम भएको हो ।
उक्त कार्यक्रममा जवाफ दिदै कृषि विकास कार्यालयका निमित्त प्रमुख भरत बस्नेतले आफुहरुले गर्ने काममा चेपुवामा परेको बताउदै काम गर्दा माथिबाट दवाव आउने र तल्लो स्तरबाट धम्कि आउने गरेकाले काम गर्न कठिन भएको बताएका छन ।हरेक काममा अनियमितता नभएको उनको जिकिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित