रास्कोटमा कर्नालि प्रदेश कै उत्कृष्ट हाइटेक नर्सरी स्थापना (फोटो फिचर)

7
SHARES
15
VIEWS

कालीकोट । कर्नालि प्रदेश सरकारको लगानिमा कालीकोटको रास्कोटमा नमुना हाइटेक नर्सरी स्थापना भएको छ ।

करिब १ करोडको लगानिमा निर्माण भएको उक्त हाइटेक नर्सरीमा उच्च मुल्यका विरुवाहरु उत्पादन गर्ने लक्ष्य लिईएको छ । कर्नालि प्रदेश सरकारले नमुनाका रुपमा स्थापना गर्न लागेको उक्त नर्सरी सुर्खेतको सिम्ता र कालीकोटको रास्कोटमा मात्र निर्माण भएका छन । सिमनाथ कृषि सहकारी संस्था लि.को आयोजनामा निर्माण भएको नर्सरीमा ६० लाख कर्नालि प्रदेश सरकारको रहेका छ भने ३० लाख रकम संस्थाको स्वलगानि गरी ९० लाख रहेको बताइएको छ ।

उक्त नर्सरीमा विरुवा उमार शक्तिका लागि आवश्यक तापक्रम सहितको व्यवस्था भएको नर्सरी रहेको रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले बताउनु भएको छ । वहाँका अनुसार अझै कयौं काम बांकी रहेको छ । अहिले हाइटेक नर्सरीको संरचना निर्माण भएको बताउदै छिट्टै उक्त भवन भित्र विरुवा उत्पादन गर्ने र ति विरुवा व्यवस्थापन गर्नका लागि आसपासमा अन्य नर्सरी स्थापना गरिने बताउनु भयो ।

वहाँका अनुसार रास्कोटको तल्लो (औल)क्षेत्रमा डिभिजन वन कार्यालयको पहलमा रास्कोटको पोखरी चौरमा स्थापना हुन लागेको र अर्काे रास्कोटको माथिल्लो क्षेत्र(सिप्टी विसालि)मा नर्सरी स्थापना गर्ने तयारी रहेको बताउनु भएको छ ।
रास्कोटको सिपखानामा भएको हाइटेक नर्सरीको शनिवार कर्नालि प्रदेश सरकारका प्रवक्ता तथा भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रि विमला केसिले उद्घाटन गर्नु भएको छ ।

उद्घाटनका क्रममा मन्त्रि केसिले भने अनुसारको अघिल्लो वर्ष काम नभएकाले आफुले स्थलगत निरिक्षण पछि बन्द गराएको भएपनि अहिले काम शन्तोष जनक भएको बताउदै यस बाट भरफुर उपलब्धि लिन अनुरोध गर्नु भएको छ ।

आर्थिक वर्ष २०७५।०७६मा अधुरो भएको उक्त नर्सरीको काम पुन २०७६।०७७मा सम्पन्न गर्ने भने पनि कोभिड १९का कारण सम्पन्न हुन नसकेको सिमनाथ सहकारी संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित