पत्रकारको तलव कति हुन्छ ?

7
SHARES
15
VIEWS

अहिले सबै भन्दा कम तलव पाउने भनेकै पत्रकार हुन । हामी माझ त्यसको ज्वलन्त उदाहरण भनेको विभिन्न संचार माध्यम एफएम लगाएतका मिडियामा काम गर्न पत्रकारहरु किन लामो समय टिक्न सक्दैनन । यसको कारण होकी मात्र तलव कम भएरै हो ।समाजमा पत्रकार भएर रेडियोमा बोलेको र बाइलाइनमा समाचार आयो भन्ने मक्ख हुने पत्रकारको सन्तुष्टि मात्र हो ।

मैले सरकारी मिडिया राससमा काम गरेको ११ वर्षमा मात्र ९० हजार २ सय ५० तलव पाएको थिए । मैले त्यहि पारिश्रमिकले पुगेन अन्य धन्दा गर्न मन लागेन परिश्रम गर्नु पर्छ भन्ने हेतुले मैले सहकारी संस्थामा जागिरमा जोडिएपछि मात्र घरव्यवहार चलेको छ । अहिले खोलिएका संचार माध्यमहरुले तलव नपाएरै मन हुंदा हुंदै मिडियाबाट हात धुनु परेको छ । तर त्यस भित्र रहस्य के छ भने मालिकको हाइफाइ बढ्नु र मोटाउनु त्यसमा काम गर्ने इमान्दार पत्रकारहरुलाई हातमुख जोड्न धौ धौ हुनुले निकै मर्माहत गराउछ ।
अहिले समाजमा भए गरेका भित्रका कुरा बाहिर ल्याउने र बाहिरका कुरा भित्र राख्ने पनि हामी पत्रकार हौं । जहाँ अन्याय अत्याचार भएको हुन्छ त्यहाँ तेस्रो आंखा भनेको पत्रकार(संचार माध्यम) हो भनिन्छ तर त्यसको ठिक उल्टो हुन्छ ।

तेस्रो आंखा भन्दा पनि चौथो आंखाले प्रष्ट देखेको हुन्छ । अहिले हाम्रो जिल्लामा १६ भन्दा बढि अनलाइनहरु लक डाउन अवधिमा थपिएका छन । जस्मा २ वटा स्थानिय तहले संचालनमा ल्याएका छन भने अन्य पत्रकार देखि नेता सम्मले संचालन गर्दै आएका छन । जुन अनलाइनहरु कुनै न कुनै पात्रको छत्रछायामा हुर्केका छन । त्यसै गरी ३ वटा स्थानिय सरकारले संचालन गरेका एफ एमहरुका साथै सदरमुकाममा रहेका ४ वटा सामुदायिक एफएम र १ निजि गरी ५ वटा एफएम र जिल्लाबाट संचालन हुंदै आएको एक मात्र दैनिक पत्रिका रहेका छन ।

तिनि संचार माध्यममा कार्यरत संचारकर्मिहरुको अवस्था भनेको वेग्लै छ । पत्रकारहरुको पारिश्रमिक भनेको सुचना,विज्ञापन र कार्यक्रम संचालन गरेवापत हो । जुन कार्यक्रम पाउनका लागि त कसै कसैको गुणगान गाउनु अनिवार्य हुन्छ । जस्को नुन खायो उस्को सोझो गर्नु भनेको नेपालि उखान नै छ ।

त्यसैले मिडिया संचालकहरुले कस्को पक्षमा लेख्ने,समाचार प्रशारण गर्ने भन्ने कुरा क्याटोगोरी बनाएका हुन्छन । कसैले त फुस्स पादेपनि समाचार बनाइदिनु पर्ने हुन्छ । त्यो पाद पनि कस्तो गन्ध नआउनु पर्ने । गन्ध आएपछि त सबैले सुन्छन अनि भन्छन नि गन्ध आयो । हामी पत्रकार भनेका कस्ता भयौ भन्दा कसै कसैको पादेको पनि बासना मान्न थाल्यौं ।

हामी भित्र पनि एक अर्कामा प्रतिशोधको भावना छ । कसैका बारेमा लेख्ने पत्रकार पनि पत्रकारको विरोधि जस्तो हुनु पर्ने कस्ता विडम्बना ? जसको विरुद्धमा समाचार लेख्या छ उस्ले केही वास्ता नगर्ने रे ? पत्रकार त्यसको वकालत गर्ने । त्यस नेताको निजि वकिल भनेर समाजले पत्रकारलाइ चिन्ने हो त ? यो पक्कै पनि नहुनु पर्ने हो । त्यसैले कार्ल माक्सले मिडियाहरु धनिको कुरालाइ उचाल्छन रे गरिवको कुरालाई लुकाउछन भनाइ कहिले काही समाज यि यावतका समस्या आएरै भएको होला ।

त्यसैले भनिएको होला पित पत्रकारिता ।
त्यसैले म के भन्छु भने हाम्रो समाजमा मदिरा व्यापक प्रयोग हुन्छ । जहाँ मदिरा पिउनु भन्दा पहिले कसैको ठिक पार्नु छ भने मदिराको प्रयोग भएझै पत्रकारिता पनि त्यहि शैलिमा विकास हुन थालेको जस्तो भान हुन थाल्यो । त्यो सबैमा छ अरुलाई पनि लाग्दो होला म कहांँ पनि त्यस कुराले प्रभाव पारेको छ होला ।
अहिले मिडियाले सत्य कुरा बाहिर ल्याउन आंट नगरेको भन्ने कुरालाई लिएर सामाजिक संजाल तातेका छ । कस्ले के भन्यो र त्यस कुराको बारेमा ग्रहण गर्नेले के बुझेको छ । त्यसमा भर पर्छ । पत्रकारले जे गर्दा पनि हुने भन्न नपाईने कुरा छैन । हामी नेपालि नागरिकहरु हौं । गलत भएको कुरालाई सबैले बाहिर ल्याउनु भन्नु पर्छ । भित्र भित्र कुरा पालेर राख्नु भन्दा भन्नु नै राम्रो हो । बाहिर आउदा छिटो समाधान पनि खोजिन्छ ।
हामीले पाउने पारिश्रमिक र हाम्रो जिवन शैलिले फरक पन देखाएपछि जुनसुकैले औला  ठड्याउने कुरा आउछ । त्यसमा सबैलाई मुछ्नु भने हुदैन र सबैले त्यसो गरेका पनि हुंदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित