हिमचुलिले कृषि क्षेत्रमा केही नमुना काम गर्छ,हाम्रो सहयोग हुन्छ –कृषि मन्त्रि केसी

7
SHARES
15
VIEWS

कालीकोट । कर्नालि प्रदेश सरकार प्रवक्ता तथा भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रि विमला केसीले कर्नालि प्रदेशमा कृषि क्षेत्रमा नमुना काम गर्न खोजेकाले सहकारी मन्त्रालयको तर्फबाट भरपुर सहयोग गर्ने बताउनु भएको छ ।

हिमचुलि कृषि सहकारी संस्था द्धारा निर्माण भइरहेको कृषि उपज संकलन भवन र डेरी उद्योगको स्थलगत निरिक्षण गर्दै मन्त्रि केसीले जस्ले नमुना काम गरेको छ उसैलाई आफुहरुले वजेट व्यवस्थापन गर्न कन्जुस्याइ नगरेको बताउदै आगामी दिनमा हिमचुलि कृषि सहकारी संस्था जस्तै एक दर्जन सहकारी हुने हो भने समुदायका लागि कृषि तथा वित्तिय क्षेत्रमा फरक पन आउने बताउनु भयो ।

हिमचुलि कृषि सहकारी संस्था लि.संरक्षक काशिचन्द्र बरालले संस्था स्थापनाका बारेमा भएको कठिनाइका बारेमा जानकारी गराउनु भएको थियो भने  संस्थाका सचिव सरोज बोगटी, मख्या व्यवस्थापक जगेन्द्र आचार्य र अघि पशु अस्पताल तथा पशु सेवा कार्यालय कालीकोटका प्रमुख प्रचण्ड खड्का लगाएतको टोलिले निर्माणाधिन भवन र डेरीका विषयमा जानकारी गराउनु भएको थियो ।
संस्थाले शुरु गर्न लागेको डेरी उद्योग र कृषि उपज संकलनका लागि सामाग्रिको व्यवस्थापन गर्न संस्थाले कृषि मन्त्रि केसी संग आग्रह गरेको छ ।

यस अघि पशु अस्पताल तथा पशु सेवा कार्यालय कालीकोटबाट १५ लाख र निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट १५ लाख बजेट व्यवस्थापन भएको थियो ।
हिमचुलि कृषि सहकारी संस्थाका हाल १२ हजार ५ सय सदस्यहरुमा जिल्लामा ९ वटा सेवा कार्यालय स्थापना गरिएको छ भने रास्कोट नगरपालिकाको सहयोगमा सुपथ मुल्य पसलको भौतिक संरचना निर्माण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित