कोरोना पोजेटिभ अवस्या हुन्छ भन्ने लागेको थियो –कटक महत

7
SHARES
15
VIEWS

कालीकोट ।२०७६ फाल्गुनको तेस्रो हप्ता देखि अहिलेको समयसम्म पनि आफ्नो बलबुतोले भ्याएसम्म तोकिएको जिम्मेवारी बहन गरिरहेको छु।३१ बर्षको यो सेवा अबधिभर कहिल्यै आत्मकेन्द्रीत भएर सोचिएन र गरिएन पनि ।

केवल ईमानदारीता,कर्तव्यपरायणता र अनुशासित भै पदिय जिम्मेवारी बहन गर्नुपर्छ भन्ने मान्यताका साथ गरियो । मैले के पाए भन्दा पनि मैले के दिन सके भन्ने चिन्तनबाट प्रेरित भैयो । अरुको धेरै सपनाहरू होलान् पुरा होउन् तर मेरो सपना र लक्ष्य भनेकै हाम्रो जिल्लालाई सुरक्षित कसरी बनाउने र सकेसम्म कम संक्रमण र कम क्षति हुन सकोस् भन्नेमा नै हो ।
मेरो एक्लो प्रयासले यो सबै सम्भव नहुन पनि सक्छ । तर यो अभियान निरन्तर जारी नै राख्ने प्रण गर्दछु। यो संक्रमणको उच्च जोखिममा हामी फ्रन्टलाईनमा कार्यरत स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी , कर्मचारी , समाजसेवी र व्यावसायि नै पर्दछौ। मलाई पुरै थाहा थियोे कि एकपटक कोरोना पोजेटिभ अवस्य हुन्छ जुन हिजोको पिसिआर परिक्षण को नतिजाले पुस्टि भएको छ । कोरोनालाइ अवस्या जितेर आउने छु ।

कोभिड(१९ को यो बिस्वब्यापी महामारीबाट सन्क्रमित ब्यक्तिहरुको सुचिमा परेपस्चात सामाजिक सन्जालबाट तथा फोन मार्फत मनोबल उच्च राख्न तथा शिघ्र स्वास्थ्यलाभको कामना गर्नुहुने मेरा सम आदरणीय सर म्याडम तथा शुभचिन्तकहरु प्रती आभार व्यक्त गर्दै मेरो नजिकको सम्पर्कमा आउनु भएका सम्पुर्ण महानुभावहरुलाई म सङ्ग भेट भएको मितिले १४ दिन सम्म घरमै बसि बाहिर कतै नजान र केहि लक्षण देखिएमा नजिकैको अस्पतालमा सम्पर्क राख्न हुन अनुरोध गर्दछु।

मेरो कारण हजुरहरुलाई पर्न गएको असर प्रति माफी चाहान्छु। जनस्वास्थ्य सुरक्षाका मापमापदण्ड अपनाउन हुन अनुरोध गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित