माल्दिभ्सका पूर्वउपराष्ट्रपति अदिबलाई २० वर्षको कारावास सजाय

7
SHARES
15
VIEWS

माले। माल्दिभ्सको एक अदालतले त्यहाँका पूर्व उपराष्ट्रपति अहमद अदिबलाई २० वर्षको कारावास सजाय सुनाएको छ ।

होटेल विकासका लागि टापु भाडामा दिँदा भ्रष्टाचार गरेको अभियोगमा अदालतले २० वर्षको कारावास सजाय सुनाएको हो । यसैगरी अदालतले ३८ वर्षीय अदिबलाई १ लाख २९ हजार ८९२ डलरको जरिवाना पनि गरेको छ ।

मालदिभ्सको फौजदारी अदालतका न्यायाधीश हसन सईदले आफ्नो आदेशमा अदिबले सरकारी अधिकारको दुरूपयोग तथा आर्थिक अपचलन गरेको बताएका छन् ।

अदिबले सरकारी अख्तियारीको दुरूपयोग गर्दै ती टापुहरू बजारमूल्य भन्दा कम मूल्यमा बेचेको बताइएको छ । यसबाट सरकारलाई झण्डै २५९ मिलियन अमेरिकी डलरको नोक्सान भएको फैसलामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित